
चितवन । चितवनको पहाडी क्षेत्र चेपाङ डाँडामा विहीबार जेसीवी दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । कालिका नगरपालिका वडा नं १० पाइमाराङमा बागमती प्रदेश ०३००१ क २५८ नम्बरको जेसीवी दुर्घटना हुँदा खैरहनी नगरपालिका वडा नं १० निवासी ३६ बर्षीय चालक कृष्ण थापाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
इच्छाकामनाको काउलेबाट कालिकाको सिद्धि तर्फ आउदै गर्दा पाइमारामा जेसीवी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी डा हेम केसीले जानकारी दिनुभयो ।
पाइमाराङको घुमाउरो ठाउँबाट जेसीवी ३०० मिटर तल खसेको उहाँले जानकारी दिनुभयो । चालकको घटना स्थलमै मृत्यू भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच