नमागिएको सल्लाह :
जुम्ला उपत्यका प्रकृतिको वरदान हो । जुम्लाका सिन्जा उपत्यका लगायतका क्षेत्र सांस्कृतिक धरोहर हुन् । खलंगामा अब हेर्न बाँकी रहेको छ जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान । यो प्रतिष्ठान जुम्लाको गौरवभन्दा हुन्छ । कुनै समय जुम्लामा जागिर खान जानु भनेको सजाय दिएसरह मानिन्थ्यो । आज त्यही जुम्लामा देश विदेशबाट मेडिकल डाक्टर बन्न जुम्ला आउन लालायित हुन्छन् विद्यार्थीहरू । जुम्लालाई यो गौरव दिलाउने व्यक्तित्वको गुणगान अर्को शताब्दीमा जुम्लामा मार्सी धान लगाएर जीविका सिकाउने चन्दननाथकै रूपमा पूजा गर्न थालियो भने अन्यथा नमान्दा हुन्छ । यो कल्पनामात्र हो । त्यसबेला न यो आलेखका लेखक रहनेछन् न यसका पाठक नै ।
अब हाम्रो जुम्लाको खलंगा यात्रा समाप्ति उन्मुख छ । वैशाख १४ गते बिहान सफारी जिपमा विमानस्थल पछाडिको बाटो भएर जिप अघि बढ्यो । घुमाएर पहिले आएको बाटो फर्कला भनेको फर्कने सुरसार छैन । कहीँ अन्तै पो जान लागेको हो कि भनेर जिज्ञासा राख्दा थाहा भयो– मुगु जाने अर्को वैकल्पिक छोटो बाटो पनि रहेछ । चालकलाई सोधियो बाटो कस्तो छ भाइ ? उनले भने यस्तै हो । यसो भनेको केही समयभित्रै भेटिएको खोलाबाट हाम्रो गाडी जाने अवस्था थिएन । सबै यात्रुलाई ओरालेर हाम्रा नौजवान चालक ढुंगाको जोहो गरेर गाडी तार्न कोसिस गर्दैछन् ।
ताल छेउमा होटेल धेरै महँगो हुन्छ तर कुरा गर्दा हाम्रो बजेटको सीमाभित्रै पर्न आयो । अर्को शंका थियो त्यो भाइ बिचौलिया हो कि ? उनी वास्तविक होटेलवाला भएको र पहिलेका संसद् सदस्यका छोरा पनि भएको परिचय पाएपछि ताल छेउको रिसोर्टमा बास बस्ने निर्णय गरियो ।
युवा चालक भाइले खोलाको गहिरो भएको खाडलमा ढुंगा हालेर गाडीलाई उकालो लगाए । सबैले धन्यवाद भनियो । फेरि अर्को स्थानमा पनि त्यस्तै समस्या आएपछि मनमा अलि चिसो पस्यो । तर, हाम्रो गाडीका चालक भाइ भन्दै थिए– अगाडि गएको ट््यक्टरका कारण यस्तो भएको हो खासै समस्या हुनेछैन । यसो भन्दै उनले बाटोमा फोन गरेर खानाको बन्दोबस्त पनि मिलाए । करिब दुई घण्टामा हामी खाली भन्ने स्थानमा पुग्यौँ । यो स्थान अत्यन्त रमणीय थियो । खुला पटांगिनी, डाँडाको टुप्पोमा हिउँ परेको, चिसो वातावरण, सीमित बसोवास यो ठाउँलाई जुम्लाको खप्तडभन्दा पनि हुने ।
होटेलमा जुम्ली मार्सीको भात, बडेमानको कचौरामा दिएको भेडाको मासु अनि लेकको साग । के चाहियो र सपासप खाइयो । चालकलाइ सोधेँ– चालक भाइ अन्यत्र होटेलमा हड्डी र छालाको बीचमा मासु नै फेला पर्दैन । यहाँ त पर्याप्त मासु, थप्न पनि पाइने के हो यसको राज ? उनको जवाफ थियो-यहाँका मानिसलाई लोभ पलाइसकेको छैन । आएका अतिथिलाई सन्तुष्ट वनाएर पठाउँनुपर्छ भन्ने सोच रहेको छ । साच्चै नै होटलवाला भाइ बहिनीको व्यवहार त्यहाँको रमणीय प्रकृतिसँग मिल्दोजुल्दो थियो-शालीन अनि उदार ।
खाना खाइसकेपछि अगाडिको यात्राका लागि चालकले उर्दी गरेपछि यात्रा अगाडि बढ्यो । समथर स्थानमा खासै समस्या थिएन । भीरपाखामा केही मोडहरू साँघुरा थिए । ब्याक गरेर मिलाउनुपर्ने, कतै कतै तलमाथिबाट पहिरोले लैजालाजस्तो । यस बाटामा खासै उल्लेख्य बस्ती पनि देखिएन । बाटामा एउटा विद्यालय फेला परेको थियो । स्थानीय भद्र भलाद्मी भेला भएको देखेर विद्यालयको भलाइका लागि बैठक परामर्श गरेको होला भनेर अनुमान लगाउँन सकिन्थ्यो । बाटो देखेर अत्यास लागिसकेको थियो । प्रश्न फुत्किएछ–अब यस्तो बाटो कति छ ? चालकको जवाफ थियो-अब दुई मोडपछि कर्णाली राजमार्ग फेला पर्छ । कर्णाली राजमार्ग यसभन्दा त राम्रो हुनुपर्छ, मनलाई सान्त्वना भयो ।
केही मिनेटमा नै कर्णाली राजमार्ग जोडिने स्थान भुलभुले लेकमा गाडी गएर रोकियो । हामी दुईजना अगाडि सिटमा बसेकोले अरूलाई भन्दा केही सजिलो थियो । म चालकपट्टिको सिटमा बसेको कारण गियर बक्स तातेर बसिनसक्नु भइसकेको थियो । भुलभुलेमा पुगेर चालकले पाइपबाट निकै बेर गाडीमा पानी हालेपछि गाडीको तापमान घट्यो र राहत महसुस भयो । भुलभुलेको चिसोले कर्णाली क्षेत्रको अनुभूतिलाई ताजा गराइरहेको थियो । केही समयको चढाइपछि सातमोडको ओरालो छिचोल्दै हामी मुगुतर्फ बढिरहेका छौं । सातमोड सकेर केही अगाडि गएपछि चालकले पारिपट्टिको डाँडाको अग्लो स्थानको रुखलाई देखाए । त्यो रुखसँग देखिएको मानव निर्मित संरचना जस्तो देखिएको स्थान ताल्चा विमानस्थल हो भन्ने भएपछि गन्तव्य नजिक आएको थाहा पाएर फुरुंग बनियो । यद्यपि, खोचको बाटो गन्तव्यमा पुग्न त समय लाग्छ नै ।
मनमा ताल्चाबाट के उपायले राराको प्रवेश बिन्दु सल्लेरी पुग्ने होला ? भन्ने प्रश्नले सताइरहेको छ । गमगढीबाट दिनको दुई पटक जाने नगरबस बाहेक कुनै सार्वजनिक यातायात नचल्ने र रिजर्भ गरिएका सवारीसाधन पनि भरिभराउ भएर आउने भएकाले केही अप्ठेरो थियो । समयमा नै सल्लेरी पुग्न सकिएन भने सोही दिन रारा पुग्न कठिन छ । एकदिन यसै खेरजान सक्छ । आज शुक्रबार सकिन लाग्यो । भोलि रारा भ्रमण सकेर गमगढी बास बस्न पुग्नुछ । शनिबार नगर बस नचल्ने कारण केही समस्या महसुस भएको छ । उडानका लागि आइतबार बेलुकासम्म जुम्ला पुग्नुपर्ने बाध्यात्मक अवस्था छ ।
हाम्रा सवारी चालकले तल्लो मोडबाट आफ्नै कम्पनीको रित्तो गाडी सल्लेरी जाँदै गरेको नियालेछन् । तुरुन्त फोन निकालेर फोन गर्न थाले, फोन नलागेर बेचैन भएपछि गाडीबाट मुन्टो निकालेर कराए पनि । उनले सुन्ने अवस्था नभए तापनि मेरा दाइ फोन उठाइदेऊ न भनेर अनुनय विनय गरे । संयोग, फोन उठ्यो र माथि पुगिसकेको गाडी हामीलाई लिन ब्याक भएर आयो । जुम्लाबाट हिँड्ने बेलामा चालक र उनको टिमले गरेको विलम्ब र यात्रु अमैत्री व्यवहार हेर्दा लागेको थियो–कस्तो अशिष्टहरूको फेला परिएछ तर उनले हामीलाई गन्तव्यमा पठाउन देखाएको व्यग्रता र चलनचल्तीको भाडा दिए पुग्ने भनाइले त उनी पुरानो चिनजानका सहयोगी मित्रभन्दा सहृदयी देखापरे ।
धन्यवाद भनेर कर्णालीको पाउडरले गोरो बनेको आफ्ना/आफ्ना झोला च्यापेर गाडीमा सवार भएर सल्लेरी पुग्यौं । सल्लेरीमा बस्ने आवास नपाइएला भनेर म आफ्नो पोको बोकेर पत्नी रन्जुलाई तलै राखेर सल्लेरीमै बस्ने निर्णय गरिसकेको थिएँ । रञ्जुले माथि रारामा नै होटेल भएका भाइसँग कुरा गरिछन् । म आफैँ लैजान्छु भनिरहेका छन् भनेपछि पनि मलाई पत्यार लागेन । सुनेको थिएँ-ताल छेउमा होटेल धेरै महँगो हुन्छ । तर कुरा गर्दा हाम्रो बजेटको सीमाभित्रै पर्न आयो । अर्को शंका थियो त्यो भाइ बिचौलिया हो कि ? हामीलाई ताल छेउमा पु¥याएर अलपत्र पार्ने हो कि ? उनी वास्तविक होटेलवाला भएको, पेशाले इन्जिनियर भएको र पहिलेका संसद् सदस्यका छोरा पनि भएको परिचय पाएपछि ताल छेउको रिसोर्टमा बास बस्ने निर्णय गरियो ।
मेरो चाँडै निर्णय गर्न हतारिने बानी देखेर आफूले आफैंलाई गाली गरेँ । मेरो निर्णय बमोजिम आज सल्लेरी बसिएको भए भोलिको दिन रारा जानमा लाग्दथ्यो । जसको कारण हाम्रो निर्धारित यात्रा पूरा गर्न दवाव पर्ने थियो । पत्नी रन्जुलाई आजै रारा जाने व्यवस्थापनका लागि धन्यवाद पनि भनेँ । सल्लेरीबाट रारासम्म निकुन्ज क्षेत्र भएकाले निर्धारित अनुशासन पालना गर्नुपर्दछ । बेलुका ६ बजेपछि रारा क्षेत्रमा छिर्न पाइँदैन । सल्लेरीबाट करिब दुई किलोमिटरसम्म सवारीसाधन लिएर जान पाइन्छ । तुरुन्त फर्काउँनुपर्ने हुन्छ । त्यस स्थानमा जान गाडीको प्रबन्ध गर्न डाँफे होटेलका सञ्चालक भाइ बम लागिपरेका छन् ।
रारा ताल ९७६० फिट अथवा २९७५ मिटर उचाइमा रहेको छ । रारा तालको अधिकतम गहिराइ १६७ मिटर, लम्बाइ ५.१ किमी र चौडाइ २.७ किमी रहेको छ । यसको निकास निजार खोलामार्फत मुगु कर्णालीमा पुग्दछ । रारा तालले दिनको पाँच पटक रंग परिवर्तन गर्ने बताइन्छ ।
उनलाई भेटेपछि ढुक्क पनि भइएको छ । अरू गाडी नभए उनकै नाताका मानिसको गाडी रहेछ । कुरा गर्दागर्दै गाडीको व्यवस्था भयो । त्यसैमा कोचिएर दस जनाको टोली गाडीमा जान पाइने स्थानसम्म पुगियो । पन्ध्र मिनटजति हिँडेपछि ताल देखियो र मन फुरुंग भयो । लामो समय हिँड्दा पनि गन्तव्य नआएपछि थाकेको शरीरले मनलाई पनि थकाउँन खोज्दै थियो । तर, तालका अनेक रमणीयताले मन चंगा भएपछि थाकेको शरीरमा पनि ऊर्जा प्रवाह हुनेरहेछ । करिब पौने दुई घण्टाको तालको परिक्रमापछि हामी हाम्रो आजको बास-डाँफे रिसोर्टमा पुग्यौं ।
रात परिसकेको थिएन । उज्यालोमै आफ्नो बासस्थान तय भएपछि जाडोको भय समाप्त भयो । प्रकाशको समस्या थियो । बिजुली बेला बेला मुख देखाउँनमात्र आउँथ्यो । हामी अनुकूलताबाट प्रतिकूलता खोज्दै प्रकृतिको निकटताको खोजीमा गएकाले सधैँ भोगिरहेको सुख सुविधाका लागि चिन्तित बन्नु, त्यसको याचना गर्नु, प्राप्तिका लागि कसैसँग कालो मुख गर्नु व्यर्थ थियो । अर्को टोलीका केही सदस्यको असन्तुष्टि सुनिएको थियो तर त्यसमा चिन्तित बन्नुको अर्थ थिएन । प्रकृतिको रमणीयतालाई नियाल्न छोडेर समय वर्वाद गर्नु को के अर्थ ? दुईटा मोबाइलमध्ये एउटा स्विच अफ गरियो । अर्कोको प्रकाशबाट काम चलाइयो । अरू समूहका साथी पनि त्यस दिनका लागि आफ्नैजस्ता भए । परिचय भयो । सहभोजन गरियो । एक रात बिताउँन के नै समस्या थियो र ?
राराको बिहानीको संकेत चराचुरुंगीले गरेपछि उठेर नित्यकर्मतिर लागियो । आँखा देखिने भएपछि राराको चिसो बिहानीमा तातो जडिबुटी चिया पिएर तालको काखमा फन्को मार्ने अभिलाषा पूरा गर्न अगाडि बढ्दा स्वर्गीय आनन्दको अनुभूति भइरहेको थियो । रारा, पहिले महेन्द्र ताल पनि भनिन्थ्यो । सन् १९७६ मा चप्रा र रारा दुई गाउँका बासिन्दालाई नेपालगञ्जमा पुनस्थापन गराएर ताललाई रारा राष्ट्रिय निकुन्जमा समाहित गरिएको थियो । पछि सन् २००७ मा रामसार क्षेत्रमा पारियो ।
रारा ताल ९७६० फिट अथवा २९७५ मिटर उचाइमा रहेको छ । रारा तालको अधिकतम गहिराइ १६७ मिटर, लम्बाइ ५.१ किमी र चौडाइ २.७ किमी रहेको छ । यसको निकास निजार खोलामार्फत मुगु कर्णालीमा पुग्दछ । रारा तालले दिनको पाँच पटक रंग परिवर्तन गर्ने बताइन्छ । यो ताल ४०८७ मिटर उचाइको घना जंगल परिवेष्टित चुचेमारा डाँडा र ३६३० मिटर अग्लो मुर्मा डाँडाको काखमा रहेको छ । यी डाँडाबाट नियाल्दा रारा ताल सुन्दर ठूलो कचौरामा राखेको पानी जस्तो देखिन्छ । साइपाल हिमाल नियाल्न सकिने यो ताल पैदल परिक्रमाका लागि करिब पाँच घण्टा लाग्दछ । करिब दुई घण्टामात्र परिक्रमा गर्दा पाएको आनन्द अवर्णनीय रहेको छ । त्यस क्षणलाई सम्झदा कसैले भनेको सम्झना आयो–स्वर्ग कल्पनाको कुरा हो, नेपाल चाहिँ वास्तविक स्वर्ग हो । क्रमश :
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच