प्रतिकूल मौसमले हवाई उडान प्रभावित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भारी वर्षाका कारण बिहान ११ः३० देखि ४५ मिनेटसम्म विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै आगमन स्थगित गरिएको थियो । अहिले मौसम अनुकूल रहेकाले सम्पूर्ण उडान नियमितरूपमा भइरहेका प्रवक्ता झाले बताउनुभयो ।

काठमाडौं उपत्यकामा आज बिहानैदेखि सामान्य बदली र हल्का वर्षा भएको छ । अहिले पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?