काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढाउने बताउनुभएको छ ।
आईतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढ्दै गरेको बताउनुभएको हो । उहाँले आफू परराष्ट्र मन्त्रालयमा आएसँगै बन्द रहेका चीन सँगका १४ वटा परम्परागत व्यापारिक नाकाहरु खुला भएको बताउनु भयो । त्यस्तै नेपालीहरु चीन जान भिसा निःशुल्क भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘कोभिड अगाडीदेखि नै बन्द रहेका १४ वटा परम्परागत व्यापारिक नाकाहरु खुला भए । त्यस्तै नेपालीहरुलाई चीन जान भिसा निःशुल्क भएको छ । अरुपनि थुप्रै कामहरु भएको छ । अरु देशहरुसँग पनि अब हाम्रो आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढ्दैछ ।’
उहाँले आफूले परराष्ट्र मन्त्रीको रुपमा गर्नुपर्ने कामहरु अगाडी बढाइरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच