स्मृति न्यौपाने
तेमाल-५ काभ्रेपलाञ्चोक । विश्व कोरोना भाइरसका कारण त्रासमा थियो । कोठाबाट बाहिर निस्की छिमेकमा घुलमिल हुँदा उहाँहरूको कुरा सुन्दा गुनासो गर्नुभयो, अनि मैले पनि यी कुरामध्ये नजर गर्ने क्रममा केही महिना अघि म गाउँ पुगे, त्यहाँ मैले केही पटुकी फरिया, चोलीमा सजिनुभएको महिलाहरू देखे । त्यसपछि साउनको पहिलो सोमबार मन्दिरमा दर्शन गर्न आउनुभएका महिलाहरू याद राखे । अनि पटुकीको महत्व गुगलमा खोजे । त्यहाँ देखिएका नतिजा मलाइ चित्त बुज्यो । आमा फूपू, ठुलीआमासँग मैले सबै कुरा राखे । उहाँहरूले मेरो सम्पूर्ण कुरामा सहमति दिनुभयो । त्यसपछि मलाई अझ यो कुराप्रति चासो बढ्यो । अनि गुरुसँग सल्लाह गरे ।
उहाँले हौसलाको साथसाथै, सल्लाह र सुझाव दिनुभयो । नेपाल चार जात ३६ वर्णको साझा फुल्बारी हो । आफ्नो जात, धर्मानुसार सबैको छुट्टाछुट्टै पहिरन, भाषा र संस्कृति छन् । ब्राहृमण, क्षेत्रीको फरिया चोली, त्यसैगरि नेवारको हाकु पटासी, तामाङ, शेर्पा, गुरुङहरूको पनि आफ्नो संस्कृति अनुसारको पोशाक छन् । आफ्नो संस्कृति अनुसार पोशाक भए पनि पटुकी भने सबैकोमा देख्न सकिन्छ । नेपालीहरू भनेर पहिचान गराउने यो पहिरन आधुनितका बढेसँगै लोप हुँदै गइरहेको छ ।
फुल्बुट्टे रंगीचंगी पहिरनले भरिने दराज, अहिले कुर्ता सुरुवाल र टप्स, टिसर्टले भरिएको छ । सहजताको कारण सबैले लगाउने यी पहिरनले गर्दा महिलाहरूमा धेरै थोरै समस्या निमत्याएको छ । विज्ञान र प्राविधिको विकासले हरेक रोगको उपचार, हरेक समस्याको समाधान र विभिन्न औषधिको निर्माण गरेका छन् । हरेक कुराको फाइदाका साथसाथै बेफाइदा पनि हुन्छ । औषधि प्रयोगले रोग केही हदसम्म निर्मुल त गरेको छ तर त्यसको धेरै प्रयोगले अर्को समस्या निमत्याएको छ । ढाड दुखेमा मलम लगाइन्छ । जसको प्रयोग धेरै गरेमा हड्डी खिइने समस्या देखा पर्छ । जसको असर बुढेसकालमा देखिन्छ ।
आजकल पनि नेपाली महिलाहरू सारीमा चट्ट सजिनुहुन्छ । तर, सारीमा पटुकाको शोभा नै देखिँदैन । त्यही सारी लगाउँदा प्रायले पेटलाई नराम्रो भन्नुहुन्छ । ज्यान दुब्लो, चट्ट मिलेको भएपनि बाहिर निस्किएर झर्न लागेको जस्तो पेटले दिक्क बनाउँछ । आजकाल प्राय जिम जानुहुन्छ । तर, सबै महिलाहरू जान सम्भव छैन । त्यसैले पटुकीको महत्व देखियो ।
विज्ञानमा पढेको कुराले यो प्रमाणित गराउँछ कि पहिला पहिलाको मानिसहरूको पेट ज्यान अनुसार मिल्नुमा पटुकीको भूमिका छ । फरिया अड्याउन बेस्सरी कसिएको पटुकीको क्षेत्रफलभन्दा पटुकी कस्न लगाउने बल धेरै हुने भएकाले पटुकीले पेटलाई प्रेसर धेरै दिने गर्छ, बाहिर निस्कन खोज्ने पेटलाई भित्रै थिचिराख्न खोज्छ ।
मैले स्वयंले पनि यसलाई धेरै पटक महसुस गरेकी छु । २१औं शताब्दी, बेस्तताको युग त्यसैले फुर्सदको बेला एकैचोटि धेरै लुगा धुदा, खेतबारीको काम गर्दा पटुकीको जस्तै काम गर्ने सल ओढ्ने जसले ढाड दुख्ने समस्याबाट म बन्चित भएकी थिए र आज पनि हुनेगर्छु । सल ओढ्ने कम्मरमा मज्जाले कसेर काम गर्दा ढाड दुख्दैन अनि कहिलेकाही नबानी काम गर्दा भोलिपल्ट ओछ्यान छोड्न सकिन्न । मलगायत अरू थुप्रै महिलाहरूले चाहे गाग्रीमा पानी बोक्दा होस्, खेतबारीमा काम गर्दा होस् पटुकी बान्नुहुन्छ । गर्भवती महिलाले एक महिनादेखि ओढ्ने बानेमा दाड नदुख्ने कुरा धेरै आमाहरूले महसुस गर्नु भएको छ । तथ्य अनि प्रमाणित कुरामा विश्वास गर्ने भएकाले विज्ञानमा पढेको लले पटुकाको महत्व रहेको कुरा पुष्टि गर्ने जमर्को गरेकी छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच