राज्यले सुरक्षित महिनावारीका लागि विदाकाे व्यवस्था गर्नुपर्छ : मन्त्री चाैधरी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चाैधरीले महिलाहरूकाे महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाकाे व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ ।

एक्स-पोज नेपालले आयोजना गरेको दशाैं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा साइकल र्‍यालीसहित आयाेजना गरेकाे उक्त कार्यक्रममा मन्त्री चाैधरीले महिलाहरूकाे महिनावारीकाे समय एकदमै पिडादायी हुने बताउनुहुँदै राज्यलाई विदाकाे व्यवस्था गर्न पहल गर्ने बताउनुभएकाे हाे ।

महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेकाे गैरसरकारी संस्था एक्स-पोज नेपालले हरेका वर्षझै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसकाे अवसरमा साइकल र्‍याली गरेकाे थियाे ।

यस वर्ष ” महिनावारीमैत्री विश्वव्यापी हातेमालो ” भन्ने नाराका साथ मनाइएकाे छ । याे हरेक वर्षकाे मे २८का दिन मनाइन्छ । नेपालकै प्याडम्यान भनेर चिनिने एक्स-पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलाे वर्ष अर्थात सात वर्ष पहिले गरेकाे पहिलाे साइकल र्यालीमा जम्मा ७२ जना सहभागी भएकाे मा एक जना महिला सहभागी भएकाे बताउनुहुँदै यस वर्ष चार सय पचास सहभागीमा ७५ प्रतिसत महिला र्यालीमा सहभागी भएकाे बताउनुभयाे ।

युनिसेफका प्रतिनिधि जिहुनरले महिनावारी स्वच्छतामा प्रमुख गरि सरसफाइनै रहेकाे बताउनुभयाे । उहाँले यसरी सहकार्य गर्न पाएकाेमा खुसी लागेकाे पनि बताउनुभयाे ।

ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरूकाे महिनावारीलाई कमजाेरीका रूपमा हेर्न नहुने बताउनुभयाे । उहाँले कमजाेरीका रूपमा भन्दा बढी महिला शक्तिका रूपमा लिनुपर्ने बताउनुभयाे । उहाँले याे अभियानमा ललितपुर महानगरपालिका पनि लागेकाे बताउनुहुँदै महानगरले प्रत्यक विद्यालयमा महिनावारी सम्बन्धि सहजिकरण कार्यक्रम गरिरहेकाे बताउनुभयाे ।

राष्ट्रीय महिनावारी सञ्जालका संयोजक तथा सभापती गुणराज श्रेष्ठले महिनावारी स्वच्छता दिवस स्वास्थ्य र सरसफाइसंग सम्बन्धित रहेकाले वातावरण प्रदुषित नहुनेगरी महिनावारी मनाउनुपर्ने बताउनुभयाे । उहाँले अहिले बजारमा आएकाे महिनावारी प्याड ९० प्रतिशत प्लास्टिकजन्य पदार्थ भएकाेले सकेसम्म घरेलु प्याड प्रयाेग गरेर प्रदुषण घटाउनुपर्ने बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?