झापा । पौडी खेल्ने क्रममा नाबालक छोरा आपतमा परेको देखेपछि उद्दार गर्न खोलामा पसेका झापाका एक शिक्षकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ ।
नवज्योति माध्यमिक विद्यालय बाहुनडाँगीका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी मिमबहादुर लामाले बताउनुभयो ।
मेचीनगर नगरपालिका ३ बडाखाल स्थानीयबासी ४० भण्डारी १२ वर्ष र ८ वर्षका दुईजना छोराहरु लिएर दोकानडाँडाचोक पश्चिम निन्दा खोला जानुभएको थियोे । पौडी खेलेर कान्छो छोरा खोलाको छेउमा बसिरहेका थिए ।
पौडी खेल्ने क्रममा अलिक गहिरोमा पुगेपछि जेठो छोरालाई पौडी खेल्न समस्या भएको थियोे । छोरालाई समस्या परेको देखेपछि भण्डारी छोरालाई बचाउन खोलामा पस्नुभयो । छोरालाई जसोतसो धकेलेर किनारमा पुर्याउन सफल भएपनि आफू भने जोगिन नसकेको स्थानीयको भनाइ छ ।
बुबा डुबेपछि छोराहरुले स्थानीयलाई खबर गरेका थिए । त्यसबेलासम्ममा उहाँ अचेल भइसक्नु भएको थियोे । उद्दार गरेर स्थानीयले उहाँलाई बिएण्डसी अस्पताल बिर्तामोड पुर्याएपनि बचाउन नसकिएको स्थानीय बलभद्र आधारभूत विद्यालयका शिक्षक देबु बानियाँले बताउनुभयो । अस्पताल पुर्याएको केहीबेरमा नै चिकित्सकले शिक्षक भण्डारीलाई मृत घोषणा गरेका थिए ।
अत्याधिक गर्मी छल्न, विदाको दिन छोराहरूलाई पौडी खेलाउन र केहीबेर घुमाउन घरबाट निस्कनु भएका शिक्षक भण्डारीको मृत्यु भएपछि गाउँ नै शोकमा परेको स्थानीयले बताए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच