‘आशिकी-३’मा साउथ अभिनेत्री आकांशा !

Read Time = 3 mins

मुम्बई । चलचित्र आशिकी-३ मा कार्तिक आर्यनको अपोजिटमा साउथ अभिनेत्री (कन्नड) आकांशा शर्माले अभिनय गर्ने हुनुभएको छ । इटाइम्सको रिपोर्ट अनुसार आशिकी-३ का निर्माताले कार्तिकको अपोजिटमा आकांक्षा शर्मालाई कास्ट गर्ने निर्णय गरेका हुन् । रिपोर्टका अनुसार आकांक्षाले यस विषयमा धेरै पटक निर्मातासँग भेट गरिसक्नुभएको छ । सबै कुरा ठीक भएमा आशिकी ३ मा कार्तिक आर्यनको नायिका बन्नुहुनेछ । यद्यपि निर्माताहरूबाट अहिलेसम्म यसबारे औपचारिक जानकारी आएको छैन ।

आशिकी फ्रान्चाइजीले सधैं नयाँ अनुहारहरू काष्ट गरेको छ । चाहे त्यो राहुल रोय र अनु अग्रवाल होस् वा आदित्य रोय कपुर र श्रद्धा कपुर । यस्तो अवस्थामा कार्तिकसँग आकांक्षाको केमेस्ट्री राम्रो हुने निर्माण पक्षको विश्वास छ ।

यो चलचित्र घोषणा भएदेखि नै चलचित्रको मुख्य नायिकाको चर्चा चलेको थियो । श्रद्धा कपुर, टिभी अभिनेत्री जेनिफर विंगेट, सारा अली खान, कट्रिना कैफ, दीपिका पादुकोणलगायत धेरै अभिनेत्रीको नाम मुख्य भूमिकाका लागि आएको छ । तर, अहिलेसम्म कसैको नाम पुष्टि भएको छैन । आशिकी-३ को छायांकन सन् २०२४ मा सुरु हुने बताइएको छ ।

आकांक्षा शर्मा कन्नड चलचित्रकी मोडल तथा अभिनेत्री हुनुहुन्छ । उहाँले आफ्नो करियर मोडलिङबाट सुरु गर्नुएको हो । उहाँले २०२० कन्नड चलचित्र ‘त्रिविक्रम’मा अभिनय गर्नुभएको थियो । यस्तै अभिनेत्री आकाक्षाले टाइगर श्राफसँग म्युजिक भिडियो ‘डिस्को ८२’ मा काम गर्नुभएको थियो । यस्तै उहाँले महेश बाबु, वरुण धवन र कार्तीजस्ता कलाकारसँग पनि विज्ञापन सुटिङ गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?