‘आशिकी-३’मा साउथ अभिनेत्री आकांशा !

Read Time = 3 mins

मुम्बई । चलचित्र आशिकी-३ मा कार्तिक आर्यनको अपोजिटमा साउथ अभिनेत्री (कन्नड) आकांशा शर्माले अभिनय गर्ने हुनुभएको छ । इटाइम्सको रिपोर्ट अनुसार आशिकी-३ का निर्माताले कार्तिकको अपोजिटमा आकांक्षा शर्मालाई कास्ट गर्ने निर्णय गरेका हुन् । रिपोर्टका अनुसार आकांक्षाले यस विषयमा धेरै पटक निर्मातासँग भेट गरिसक्नुभएको छ । सबै कुरा ठीक भएमा आशिकी ३ मा कार्तिक आर्यनको नायिका बन्नुहुनेछ । यद्यपि निर्माताहरूबाट अहिलेसम्म यसबारे औपचारिक जानकारी आएको छैन ।

आशिकी फ्रान्चाइजीले सधैं नयाँ अनुहारहरू काष्ट गरेको छ । चाहे त्यो राहुल रोय र अनु अग्रवाल होस् वा आदित्य रोय कपुर र श्रद्धा कपुर । यस्तो अवस्थामा कार्तिकसँग आकांक्षाको केमेस्ट्री राम्रो हुने निर्माण पक्षको विश्वास छ ।

यो चलचित्र घोषणा भएदेखि नै चलचित्रको मुख्य नायिकाको चर्चा चलेको थियो । श्रद्धा कपुर, टिभी अभिनेत्री जेनिफर विंगेट, सारा अली खान, कट्रिना कैफ, दीपिका पादुकोणलगायत धेरै अभिनेत्रीको नाम मुख्य भूमिकाका लागि आएको छ । तर, अहिलेसम्म कसैको नाम पुष्टि भएको छैन । आशिकी-३ को छायांकन सन् २०२४ मा सुरु हुने बताइएको छ ।

आकांक्षा शर्मा कन्नड चलचित्रकी मोडल तथा अभिनेत्री हुनुहुन्छ । उहाँले आफ्नो करियर मोडलिङबाट सुरु गर्नुएको हो । उहाँले २०२० कन्नड चलचित्र ‘त्रिविक्रम’मा अभिनय गर्नुभएको थियो । यस्तै अभिनेत्री आकाक्षाले टाइगर श्राफसँग म्युजिक भिडियो ‘डिस्को ८२’ मा काम गर्नुभएको थियो । यस्तै उहाँले महेश बाबु, वरुण धवन र कार्तीजस्ता कलाकारसँग पनि विज्ञापन सुटिङ गर्नुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
एनभिएलका ६ फ्रेन्चाइज टोलीले घोषणा गरे मार्की खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत