शनिबार खुल्दै आएको विद्युत महसुल काउन्टर बन्द

Read Time = 1 min

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार बन्द गर्ने भएको छ। भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो।

शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर असोज ११ को निर्णयअनुसार कात्तिक १ गतेदेखि बन्द गरिने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा जनाएको छ।

शनिबार काउन्टर खोलिराख्न आवश्यक नदेखिएकोले बन्द गर्ने निर्णय गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?