रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । जसपा सांसद प्रदीप यादवले पार्टीले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित यादवलाई उपराष्ट्रपतिमा उठाएर जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत आफू बारा–२ बाट चुनाव लड्ने तयारीमा रहेको बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?