![शहीद स्मारक ‘सी’ डिभिजन लिग](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/c-division-league.jpg)
लण्डन । तीन क्लब लेस्टर सिटी, आइपिएस टाउन र साउथहम्पटन प्रिमियर लिगमा फर्किएका छन् । सोमबार राती भएको प्लेअफको फाइनलमा लिड्स युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै साउथहम्पटन प्रिमियर लिगमा फर्किएको हो । साउथहम्पटन अघिल्लो सिजनमा पुछारमा रहँदै रेलिगेसनमा परेको थियो ।
त्यसैगरी यस सिजनको च्याम्पियनसिपमा शीर्ष स्थानमा रहँदै लेस्टर सिटी प्रिमियर लिगमा फर्किएको छ । लेस्टर सिटीले २०१५-१६ सिजनको प्रिमियर लिग जितेको थियो । लेस्टर गत सिजन रेलिगेसनमा परेको थियो ।
त्यस्तै, यस सिजनको च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै आइपिएस टाउन २२ वर्षपछि प्रिमियर लिगमा फर्किएको छ ।
यसअघि २००२ मा आइपिएस टाउन रेलिगेसनमा परेको थियो । त्यस्तै, यस सिजनमा प्रिमियर लिगबाट लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेसनमा परेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच