नवलपरासी । पश्चिम नवलपरासीमा अत्याधिक गर्मी बढेकोका विद्यालयहरु बिदा गरिएको छ । प्रतापपुर गाउँपालिका, बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा गर्मीका कारण विद्यालय बन्द गरिएको हो ।
पछिल्लो समयमा बढ्दै गएको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेका कारण विद्यालय बन्द गरिएको पालिकाले बताएका छन । बर्दघाट नगरपालिकाले बर्खे बिदाबाट मिलान हुने गरि जेष्ठको १७ र १८ गते गरि दुई दिन विद्यालयहरु बिदा गर्ने निर्णय गरिएको बर्दघाटका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनु भयो ।
प्रतापपुर गाउपालिकाले १६,१७ र १८ गरि ३ दिन सम्म बिदा गरिएको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादबले जानकारी दिनु भयो । 'अहिले ३ दिन बिदा गरेका छौं । आइतबार ९२० गते० पनि यस्तै गर्मी भयो भने बिहानी कक्षा सञ्चालन गर्ने तयारीमा रहेका छौ ।' यादवले भन्नुभयो ।
सरावल गाउपालिकाले १७ गते देखि २० गते सम्म बिदा गरेको प्रमुख प्रशासकिय विशाल मिश्रले जानकारी दिनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच