जडिबुटी मिसाएर गेडागुडी खाँदा जुम्लामा एक जनाको मृत्यु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन् । मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामीमध्ये तिल रोकाया घर धनी भएको र अरू सबै उनको घर बनाउन लागेका मिस्त्री भएको प्रहरी नायव उपरीक्षक चन्दले बताउनुभयो ।

गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए । उनीहरुलाई तत्कालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याएको स्थानीयवासि भैरबहादुर धरालाले बताउनुभयो ।

गेडागुडीमा हालिएको जडिबुटीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?