ब्राउन सुगरसहित दुई युवा पक्राउ

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । अवैध लागुऔषध ब्राउन सुगरसहित बर्दियाबाट दुईजना पक्राउ परेका छन् । जिल्लाको बढैयाताल गाँउपालिका-२ नेपाल भारत सीमानजिकै फुटाहाबाट १४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ का २४ वर्षीय दीपेन्द्र बुढा र सोही नगरपालिका-९ लाटीकोइलीका २२ वर्षीय कृपा बोहरा छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ परेकाले प्रयोग गरेको भे५प ६२०२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?