काठमाडौं
हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति गण्डकी र प्रदेश १ का पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ ।
शुक्रबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :