युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद

Read Time = 2 mins

अबुधाबी । युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाहृयान शनिबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पूर्वनेता शेख खलिफाको मृत्युको एक दिनपछि उहाँ सो पदमा निर्वाचित हुनुभएको हो । शेख मोहम्मद संघीय सर्वोच्च काउन्सिलबाट निर्वाचित भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

योसँगै मोहम्मद बिन जायाद सन् १९७१ मा अरब प्रायद्वीपमा रहेका सात स-साना एमिरेट मिलेर गठन भएको संयुक्त अरब एमिरेटका तेस्रा राष्ट्रपति चुनिनुभएको छ । युएई साना मुलुकहरू सम्मिलित फेडेरेसन राष्ट्र हो । यसको शासनको लागि सात सदस्य एमिरेटका राजा (अमिर) सम्मिलित रहने संघीय सर्वोच्च परिषद् निर्माण गरिएको छ ।

युएईमा सम्मिलित सातमध्ये सबैभन्दा ठूलो एमिरेट अबु धावीका राजा स्वत युएईको राष्ट्रपति हुने व्यवस्था छ । त्यस्तै दोस्रो ठूलो एमिरेट दुबईका राजा प्रधानमन्त्री हुन्छन् । सन् २००४ मा युएईका संस्थापक तथा अबु धावीका राजा जायद बिन सुल्तान अल नाहृयानको मृत्युपछि उहाँका जेठा छोरा खलिफा बिन जायाद अल नाहृयान राष्ट्रपति बन्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?