![व्यवसायमा आधारित बन्दै ग्रामीण अर्थतन्त्र : कृषि र पशुपालनमा युवा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/tarkari-kheti.jpg)
काठमाडौं । देशकै सबैभन्दा ठूलो पोल्ट्री प्रोसेसिङ उद्योग सञ्चालन र उच्च गुणस्तरको पोल्ट्री उत्पादनको बिक्रीवितरणमा संलग्न केबी एग्रो एण्ड रिसर्च कम्पनी र शक्ति ब्राण्डमा पेलेट फिडसमेत उत्पादन गर्दै आएको निम्बस ग्रुपले कुखुराजन्यको बजार व्यवस्थापनमा साझेदारी गर्ने भएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया र केबी एग्रोका अध्यक्ष केशवराज थापाले सेयर खरिदबिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
केबी एग्रोका अध्यक्ष थापा नेपाल पेलेट फिड र जानुका हृयाचरीका सञ्चालकसमेत हुनुहुन्छ । सहकार्यबाट साझेदारीमा संलग्न उद्योगीमात्र नभई कुखुरापालक किसान र उपभोक्तासमेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।
साझेदारीअन्तर्गत गुणस्तरीय दाना आपूर्ति, मासु र अण्डा उत्पादन तथा बजार व्यवस्थापन मासुतर्फ शक्ति मिट र अन्य परिकारतर्फ ‘इट फस्र्ट’को नामले हुनेछ । कुखरा उत्पादन, सही मूल्यमा गुणस्तरीय दानाको उपलब्धता र बजारमा उचित मूल्यमा उच्च गुणस्तरको पोल्ट्रीजन्य वस्तुको उपलब्धता सुनिश्चित गर्न दुर्ई समूहबीच साझेदारी गरिएको केबी एग्रोले जनाएको छ ।
केबी एग्रोले धादिङको धुनिबेसीमा दैनिक ३२ हजार पन्छी प्रशोधन गर्न सक्ने क्षमताको अत्याधुनिक प्रोसेसिङ उद्योग सञ्चालन गरिरहेको छ । पूर्ण स्वचालित उक्त प्रोसेसिङ हाउसको ब्लास्ट फ्रिजिङ क्षमता २४ मेट्रिकटन र फ्रिजिङ क्षमता पाँच सय मेट्रिकटन रहेको छ । जुन युरोपेली मुलुकबाट आयातित अत्याधुनिक उपकरण जडान भएको नेपालको एकमात्र पोल्ट्री प्रोसेसिङ हाउस हो । कम्पनीले पूर्ण स्वचालित मेसिन र एयर चिलिङ प्रविधिबाट उत्पादित उच्च गुणस्तरको मासु र मासुजन्य परिकार प्रतिस्पर्धी मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको जनाएको छ ।
केबी एग्रोले अत्याधुनिक प्रोसेसिङ उद्योगमा प्रशोधन गरेको गुणस्तरीय कुखुराको मासुजन्य पदार्थ र अण्डा बिक्रीका लागि संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा लेट्स मिट नामक बिक्री केन्द्र सञ्चालन गरिरहेको छ । कम्पनीले आफ्ना उत्पादनबारे सर्वसाधारण एवं व्यवसायीलाई थप जानकारी दिन जेठ १८ देखि २० सम्म चितवनमा हुने पोल्ट्री एक्स्पोमा स्टलसमेत राखेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच