![कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा पुनः नियुक्त](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Surendraraj-Pandey-of-Congress-reappointed-as-Chief-Minister-of-Gandaki-Hita-fornt-page.jpg)
काठमाडौं । टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र अमेरिकाको खेल साँझ ९:१५ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा हुनेछ। पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।
अमेरिका र नेपालबिच भएका पछिल्ला ५ खेलमा नेपालले चार खेल गुमाएको छ। विश्वकप आयोजकसमेत रहेको अमेरिकासँगको खाजको खेललाई महत्त्वका साथ हेरिएको छ।
अमेरिकासँगको प्रतिस्पर्धापछि नेपालले सिधै विश्वकप खेल्नेछ । विश्वकपको पहिलो खेल डालासकै मैदानमा नेपालले नेदरल्यान्ड्ससँग जुन ४ तारिखमा खेल्दैछ ।
विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जुन १२ मा श्रीलङ्का, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ मा बङ्गलादेशसँग खेल्दैछ ।
२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।
नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच