काडमाडौं । सडक डिभिजन काठमाडौंले फुटपाथ विस्तार रोकेर जुद्ध सालिक क्षेत्रमा भत्काइएका सडक पुनर्स्थापना गर्न काठमाडौं महानगरलाई पत्र पठाएको छ ।
बुधबार महानगरलाई पत्र लेख्दै सडक डिभिजनले तुरुन्त काम नरोके कारबाही अगाडि बढ्ने चेतावनी समेत दिएको छ । मूल सडक भत्काएर पैदलमार्ग विस्तारको निर्णय फिर्ता लिनुपर्ने भन्दै आइतबारदेखि विरोध भैइरहेको छ ।
महानगरको योजनाअनुसार फुटपाथ विस्तारपछि न्युरोड गेटदेखि जुद्ध सालिक र इन्द्रचोक सम्मको ११ मिटरको सडक चार मिटर घटाएर सात मिटरको बनाइनेछ ।
जुद्ध सालिकदेखि धर्मपथतर्फको सडक १३ मिटरको सडक ६ मिटर घटाएर सात मिटरको बनाइनेछ भने पाको आरबी कम्प्लेसतर्फको सडक ११ मिटरबाट चार मिटर घटाएर सात मिटरको बनाइनेछ ।
जेठ १२ गते महानगरले चक्रपथ विस्तारको काम ढिलासुस्ती भएको भन्दै मेयर बालेन शाहले सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक ट्रक धुलो र फोहोर फालेको थियो। मेयर बालेनको स्ट्याटस लगत्तै र सडक डिभिजन कार्यालयको विज्ञप्ति जारी गर्दै नयाँ सडकमा महानगरबाट गर्न खोजिएको निर्माणका कारण विवाद उत्पन्न भएको प्रष्टीकरण दिएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच