बर्लिन । जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले बेल्जियमका पूर्वखेलाडी भिन्सेन्ट कम्पनीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । थोमस टुचेलको स्थानमा भिन्सेन्टलाई नियुक्त गरिएको हो ।
उहाँसँगको सम्झौता तीन वर्षको हुने बताइएको छ । यसअघि उहाँ इंग्लिस प्रिमियर लिग क्लब बर्नलीका प्रशिक्षक हुनुहुन्थ्यो । ‘क्लबमा अनुबन्ध हुँदा खुसी छु । आफ्नो कर्ममा ध्यान दिनेछु । त्यसका लागि उत्साहित छु,’ म्यानचेष्टर सिटीका पूर्वरक्षक कम्पनीले अनुबन्ध भएपछि भन्नुभएको छ ।
कम्पनीले सन् २०२० मा खेल जिवनीबाट सन्न्यास लिनुभएको थियो । एन्डरचेष्टबाट सुरु भएको प्रशिक्षक करियर बर्नली हुँदै सफल क्लब बायर्न म्युनिखमा पुगेको छ । टुचेलको प्रशिक्षकमा बायर्न जर्मन बुन्डेसलिगा र च्याम्पियन्स लिग उपाधिबाट टाढा रहृयो । युरोपियन फुटबलको महारथिलाई पुनः लयमा फर्काउन कम्पनीका लागि ठूलो चुनौतीको सामना गर्नुपर्नेछ । एजेन्सी ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच