मकवानपुरमा भिरबाट खसेर महिलाको मृत्यु

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 1 min

हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय कल्पना थिङ स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ मकवानपुरगढी गाउँपालिका वडा-८ ओखरडाँडा भिरबाट खसेर स्याङ्तानको मृत्यु भएको हो । भिरबाट खसेको अवस्थामा उनको शव फेला परेको हो ।

आफ्नो घरतर्फ जाने क्रममा भिरबाट लडेको हुनसक्ने प्रहरीको अनुमान छ ।

स्याङ्तानको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?