भारत बन्दै छ विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँ दिल्ली । भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ । तर, सोचेअनुसार जनसंख्या बृद्धिदर भएको देखिदैन् ।

जनसंख्या बृद्धिद अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको राष्ट्रसंघले जनाएको छ । सन् २०८० सम्ममा १० दशमलब ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ ।

तर, विश्वको जनसंख्या असमान रूपमा विस्तार भइरहेको छ । आगामी ३० वर्षमा हामीले देख्ने आधाभन्दा बढी जनसंख्या डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानियामा मात्र हुनेछ ।

विश्वका सबैभन्दा विकसित अर्थतन्त्र भएका देशहरूमध्ये केहीले यसअघि नै जनसंख्यामा गिरावट देखिरहेका छन् । ति देशहरुमा जन्मदर घटिरहेको छ ।

प्रतिवेदनअनुसार सन् २०५० सम्ममा ६१ देशमा जनसंख्या कम्तीमा १ प्रतिशतले घट्नेछ । आगामी वर्षदेखि चीनको जनसंख्या घट्ने अनुमान गरिएको छ । सरकारले सन् २०१६ देखि नै एक सन्तान नीति त्यागे पनि जनसंख्यामा उल्लेख्य बृद्धि हुन सकेको छैन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?