
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले लेबनानमा चारदेशीय प्रतियोगिता खेल्ने भएको छ । टिमले आउँदो महिना लेबनानमा चारदेशीय फुटबल प्रतियोगिता खेल्ने भएको हो । लेबनानमा जुलाई ८ देखि १६ सम्म हुने प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी गराउनुभयो ।
प्रतियोगिताका लागि नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणासमेत गरिसक्नु भएको छ । यसअघि नेपालले मध्यपूर्वमा भएको वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । साउदी अरेबियामा भएको प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरे पनि नेपाल उपाधि भिडन्तमा भने जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच