![वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध](https://ehimalayatimes.com/wp-content/uploads/2023/07/sadakma-pahiro.jpg)
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ ।
निगमद्वारा जारी प्रेस विज्ञप्तिमा आज राति १ बजेदेखि लागू हुने गरी उक्त मूल्य घटाएको जनाएको छ । घटेपछिको मूल्यमा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर रु एक सय ५३ रहेको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु एक सय ५२ रहेको छ ।
त्यस्तै, पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच