काठमाडौं । विगत १९ वर्षदेखि काग तिहारको दिन प्रत्येक वर्ष काग सम्मेलन गर्दै आउनुभएका कलाकार रमेश दुलाल (कागदाइ) ले यसपटक पनि काग तिहारका अवसरमा २०औँ काग सम्मेलन गर्नुभएको छ । नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक सुरु भएसँगै पहिलो दिन काग तिहारका अवसरमा दुलालले काग सम्मेलन गर्नुभएको हो ।
एक सय ७३ जीवजन्तुको आवाज निकाल्ने कलाकार कागदाइले काठमाडौंको रत्नपार्कमा २०औँ सम्मेलन आयोजना गर्नुभएको हो । राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको काग सम्मेलनमा बिहान करिब ४० मिनेटसम्म उहाँले काग बोलाउँदा सयौं काग एकै ठाउँमा झुम्मिएका थिए । तिहारको परम्परा जोगाइराखौं र सकारात्मक सन्देश दिऊँ भन्ने आफ्नो चाहनाका कारण काग सम्मेलन गर्दै आएको उहाँको भनाइ थियो ।
सो अवसरमा राष्ट्रिय संगीतकर्मी संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवालले विगतभन्दा कागको संख्या कम हुँदै गएको बताउनुभयो । दुलाल कागबाहेक मुखैले मादल, सनाइ, सारंगी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुनसमेत निकाल्न सक्नुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच