दुई खेलाडीको शतकमा भारतले नेपाललाई दियो २९८ रनको चुनौती

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपाललाई भारतले २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर बलिङको निम्तो पाएको नेपालले पूरा ओभर बल फाक्दै भारतकाे ५ विकेट मात्र झार्न सक्यो।

भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको हो ।

दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा भारतका कप्तान उदय सरन र सचिन दासले शतक प्रहार गरे । सरनले १०७ बल खेल्दै सय रन बनाए  । उनी ९ चौकासहित १०० रनमा आउट भए । भने सचिनले  सय बलमा ११६ रनको शानदार पारी खेले । उनले ११ चौका र ३ छक्कासहित ११६ रन बनाए ।

नेपालका लागि गुल्सन झाले ३ विकेट लिए भने आकाश चन्दले १ विकेट लिए । भारतको एक विकेट रन आउटबाट नेपालले प्राप्त गरेको हो ।

नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

त्यस्तै आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?