काठमाडौं । हिमालयन बैंकले जिल्ला प्रहरी परिसर काठमाडौंलाई दुई लाख ६७ हजार पाँच सय रुपैयाँ बराबरको इन्स्टा तीन सय ६० चेस्ट स्ट्रापसहित पाँच थान गोप्रो हिरो ९ क्यामेरा हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा काठमाडौं जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधि निगरानी तथा रोकथाम गर्न बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले सहयोगस्वरूप क्यामेरा प्रहरी उपरीक्षक कुमुद ढुंगेललाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच