पूर्वविद्यार्थी संघ गठन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिका वडा नं-६ स्थित प्रारम्भ एकेडमीले शनिबार ‘पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रम-२०७९’ समापन भएको छ । उक्त कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो । उक्त कार्यक्रममा विसं २०७४ सालदेखि २०७८ सालसम्म एसइई उत्तीर्ण ५८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यसका साथै उक्त कार्यक्रममै युनिसा खनालको अध्यक्षतामा ‘प्रारम्भ पूर्वविद्यार्थी संघ’ को गठन भएको छ । उक्त संघमा ११ सदस्यीय समिति गठन गरिएको छ । जसमा अध्यक्ष युनिसा खनाल, उपाध्यक्ष प्रज्वल पौडेल, सचिव मनोज चौलागाई, कोषाध्यक्ष निशान्त सापकोटा रहनुभएको छ ।

यसैगरी उक्त संघका सदस्यहरूमा सामना थोकर, विपिन दाहाल, मनिका थोकर, देव बिसुन्खे, रुमा बिसुन्खे, जीवन सिंह, प्रियन्का न्यौपाने रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?