![लागुऔषधको ‘ट्रान्जिट’ बन्दै झापा](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/lagu-aushadh-2.jpg)
नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा गोविन्द प्रसाद पोखरेलले कांग्रेस पार्टीमा बैचारिक बहस कम भएको छ । 'अहिले सामाजिक संजालमा कसैले केहि लेख्यो भने हामी त्यसैलाई पत्याएर त्यसैको पछाडि लाग्छौ । किन भने हाम्रो बैचारिक बहस कम भएको छ ।' पोखरेलले भन्नु भयो ।
नेपाली कांग्रेसद्वारा जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमका अवसरमा बोल्दै विगतमा काँग्रेस पढ्ने र लेख्नेहरुको पार्टी भएको बताउनु भयाे । अहिले कांग्रेसीहरु पढ्ने र लेख्ने छाडेकाले अरुले जे भन्यो त्यही पत्याउने पार्टी भएको उहाँले बताउनु भयो । 'बैचारिकताले पढ्ने, लेख्ने, तर्क गर्ने र बहस गर्ने सिकाउछ तर अहिले बैचारिक बहस हराउँदै गएको छ ।' पोखरेलले भन्नुभयो ।
गणतन्त्र आए पछि काङ्ग्रेसले ४ बर्ष र कम्युनिस्टले करिव १० बर्ष राज्य सत्ताको नेतृत्व गरेको उल्लेख गर्दै उहाले काङ्ग्रेसकै ४ बर्षको नेतृत्वमा देशले संविधान पाएर र दुई पटकसम्म देशमा निर्वाचन सम्पन्न गराएको पोखरेलले उल्लेख गर्नु भयो ।
शनिबार समाजवादी नीतिका बिषयमा र अवस्थाका विषयमा पोखरेल र डाक्टर कृष्ण प्रसाद पौडेलले त्यस्तै भातृ संस्था तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सम्बन्धका बिषयमा, केन्द्रिय सदस्य अजयबाबु सिवाकोटी तथा नेता गुरु घिमिरेले प्रशिक्षण दिने कार्यवाहक सभापति बिक्रम प्रसाद यादवले जानकारी दिनु भयो ।
नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखाको आयोजनामा जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम १९ र २० गते गरि दुई दिनसम्म संचालन हुने यादवले जानकारी दिनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ, महामन्त्री बिक्रम खनाल, लुम्बिनी प्रदेश सदस्य बिश्वप्रेम पाठक, भिम बहादुर थापा, धनमती सापकोटा, पश्चिम नवलपरासीका ७ वटा पालिकाका सबै वडाहरुबाट वडा प्रतिनिधि, नगर, क्षेत्र र जिल्लाका नेतृत्वकर्ताहरुको सहभागी रहेको प्रशिक्षण शाखा सह सयोजक बामदेव अधिकारीले जानकारी दिनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच