
झापा । कृषि, पशुपक्षी तथा सहकारी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थान र निजी डेरी उद्योगलाई किसानले बिक्री गरेको दूधको भुक्तानी तीन महिनाभित्र गरी सक्ने दृढता व्यक्त गर्नुभएको छ । दूधको भुक्तानी नभएको गुनासो चुलिएको बेला मन्त्री साहको यस्तो प्रतिबद्धता आएको हो ।
राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा शनिबार झापाको मेचीनगरमा आयोजित कार्यक्रममा दुग्ध विकास संस्थानको भण्डारमा एक अर्ब २५ करोडभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन बिक्री नभएर थन्किरहेको समेत उहाँले बताउनुभयो ।
'दुग्ध उत्पादक किसानलाई भुक्तानी गर्न बाँकी रकम जुनसुकै मूल्य चुकाएर भएपनि सरकारले उपलब्ध गराउँछ' उहाँ भन्नुभयो,'दुग्ध किसानलाई भुक्तानी गर्न बाँकी रकम पाइपाइ हिसाब गरेर सरकारले भुक्तानी गर्छ ।' उहाँले व्यवसायीका समस्या पनि सुल्झाइने बताउनुभयो ।
सरकारले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले सहुलियत र अनुदानमा दिइरहेको बताउनु भएको उहाँले सरकारले दिएको अनुदानको दुरुपयोग भएको पाइए दण्डित गरिने चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सिर्जना राईले किसानका समस्या हल गरिने बताउनुभयो । उहाँले प्रदेश सरकार किसानको समस्याप्रति संवेदनशील रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी, कोशी प्रदेश सहकारी मन्त्रालयका सचिव लेखराज दाहाल, राष्ट्रिय दुग्ध विकास वोर्डका सदस्य सुमित केडिया लगायतले किसान र व्यवसायीका समस्या सम्बोधन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँहरुले कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन नसके खाद्यान्न आयतको चुनौती सामना गर्नुको विकल्प नभएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच