जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ इभी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालस्थित जिडब्लुएम सवारीसाधनको आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रालिले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक-क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ । कम्पनीले ओरा ०३ का लागि जेठ ३ गते बुकिङ खुला गरेको थियो । कम्पनीका अनुसार बुकिङ घोषणादेखि नै रेट्रो-मोर्डनिस्टिक इलेक्ट्रिक क्रस ओभरका लागि ग्राहकबाट निकै राम्रो प्रतिक्रिया आएको छ ।

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरूफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ इन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जरलगायतका आधुनिक सुविधासहितको यसको टाइमलेस एक्सटेरियर र आकर्षक इन्टेरियरलाई ग्राहकले मन पराएका छन् । ओरा ०३ मा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यु क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी-लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टमलगायतका सुरक्षा सुविधा रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?