अष्ट्रेलियन टेक्निकल स्कुलसँग सहकार्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं टेक्निकल स्कुल र क्राउन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी अष्ट्रेलियाबीच नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीलाई विश्वव्यापी अवसर प्रदान गर्ने समझदारी भएको छ ।

शुक्रबार काठमाडौं टेक्निकल स्कुलको सुकेधारास्थित कार्यालयमा भएको कार्यक्रममा टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेल र क्राउन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत दिपक खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । टेक्निकल स्कुलका अध्यक्ष पौडेलले साझेदारीमार्फत् नेपाली विद्यार्थीलाई अहिलेको प्रतिस्पर्धात्मक युगमा उत्कृष्टता हासिल गर्न आवश्यक ज्ञान र सीपले सुसज्जित पार्दै दक्ष जनशक्ति उत्पादन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

क्राउन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत खड्काले काठमाडौं टेक्निकल स्कुलमार्फत् आफ्नो विशेषज्ञता र अनुभव नेपाल ल्याउन पाएकोमा खुसी व्यक्त गर्दै नेपाली विद्यार्थीलाई आवश्यक सैद्धान्तिक तथा व्यावहारिक ज्ञानमार्फत् दक्ष र सीपयुक्त बनाउन सहकार्य गरिएको बताउनुभएको थियो । सो अवसरमा आइएलओ नेपालका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्माको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?