अमेरिकामा पासाङ शेर्पाको ‘कोरोना कथा’ लोकापर्ण

Read Time = 4 mins

काठमाडौं । युनाइटेड शेर्पा एसोसिएसन अमेरिका र खुम्बु पासाङ ल्हामु शेर्पा समाज अमेरिकाको संयुक्त आयोजनामा न्यूयोर्कस्थित कुइन्सको धर्मा हाउसमा पासाङ शेर्पाको ‘कोरोना कथा’ को प्रवास लोकार्पण भएको छ ।

केहीअघि नेपालमा पासाङ शेर्पाको ‘कोरोना कथा’ सार्वजनिक गरिएको थियो । न्यूयोर्कनिवासी शेर्पा गीत, संगीत र साहित्यमा रुचि राख्नु हुन्छ । ‘कोरोना कथा’ शेर्पाको संस्मरणात्मक कृति हो । यस पुस्तकमा कोरोना महामारीबाट ग्रसित अमेरिकाको जनजीवन, नेपाली समुदायले भोगेको समस्या र सामाजिक विषयवस्तुलाई समेटिएको छ ।

उक्त समारोहमा संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि महामहिम अमृत राई, नेपाली महावाणिज्यदूतावास न्यूयोर्कका कार्यबाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम, धर्म गुरु लोपेन गुर्मे छोड्रक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्री, एनआरएन, एनसीसीका केन्द्रीय उपाध्यक्ष विआर लामा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजन महर्जन, साहित्यकार एवं अनेसास न्यूयोर्क च्याप्टरका निवर्तमान अध्यक्ष सकुन ज्ञवाली एनआर एनए न्यूयोर्क च्याप्टरका अध्यक्ष आङ छिरिङ शेर्पा, लेखक तथा विश्व न्यूस पत्रिकाका प्रधान सम्पादक योगेश आदि, शेर्पा संघ अमेरिकाको अध्यक्ष आङ जाङ्वु शेर्पालगायत कार्यक्रम सहभागिता रहेको थियो ।

साथै कार्यक्रममा आयोजकद्वय युनाइटेड शेर्पा एसोसिएसन अमेरिका र खुम्बु पासाङ ल्हामु शेर्पा समाज अमेरिका अध्यक्ष छिरिङ शेर्पा र ङावाङ शेर्पालगायत संस्थाका सम्पूर्ण पदाधिकारीको उपस्थिति रहेको थियो । लेखक शेर्पाले कोरोना सचेतना समूहका अच्युत सिग्देल, प्रदीप श्रेष्ठ, विष्णु रानामगर, शिव बानियाँ र पिटर गिललगायतलाई अमूलय सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । वरिष्ठ आँखारोग विशेषज्ञ डा.सन्दुक रुइतले नेपालमा केहीअघि ‘कोरोना कथा’को पुस्तक विमोचन गर्दै कोरोना महामारीसँग जुधेको संघर्षशील कथालाई पुस्तकले सम्बोधन गरेको प्रतिक्रिया दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?