छालारोग विशेषज्ञ डाक्टर प्रशन्नकुमार झा भारतको विश्वप्रसिद्ध जर्नल ‘आइडोज’ को पेपर रिभ्युअरमा छनौट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपन विशेषज्ञ डाक्टर प्रशन्नकुमार झा भारतको विश्वप्रसिद्ध इण्डियन डर्माटोलोजी अनलाइन जर्नल आइडोजको पेपर रिभ्युअरमा छनौट हुनुभएको छ । एकेडेमिक स्तर राम्रो भएका डाक्टर झाको आर्टिकलहरू रिभ्युको लागि शैक्षिक उत्कृष्टता र विवेकको सम्मान गर्ने भन्दै रिभ्युअरहरूको टोलीमा सामेल हुन आमन्त्रित गरेको आइडोजले पठाएको पत्रमा उल्लेख छ । जर्नलका एडिटर इन चिफ प्रोफेसर डाक्टर के ए सीतारामले पत्र लेख्दै उहाँलाई अनुरोध गर्नुभएको हो । नेपालबाट छनौट हुने उहाँ पहिलो डाक्टर हुनुहुन्छ ।

डाक्टर झाले काठमाडौं मेडिकल कलेज (केएमसी)बाट एमबिबीएस, भारतको वनारस हिन्दू विश्वविद्यालय (बिएचयू)बाट क्लिनिकल डर्माटोलोजीमा तीन वर्षे एमडी र जर्मनीको ‘फेलोसिप इन एस्थेटिक मेडिसिन’ (फाम)को कोर्स पूरा गर्नुभएको छ । उहाँका भारतका विभिन्न प्रसिद्ध जर्नलमा १० वटाभन्दा बढी आर्टिकल प्रकाशित भइसकेका छन् । उहाँ इण्डियन सोसाइटी अफ एस्थेटिक मेडिसिन र इण्डियन इन्स्टिट्युट अफ लेजर एण्ड एस्थेटिक मेडिसिनका आजीवन सदस्यसमेत हुनुहुन्छ ।

आफूलाई आइडोजले पेपर रिभ्युअरमा छनौट गरेपछि खुशी ब्यक्त गर्दै यो नेपाल र नेपाली डाक्टरका लागि निकै महत्वपूर्ण उपलब्धि रहेको डाक्टर झाले बताउनुभयो । यो छनौटले नेपाली डाक्टरहरू पनि हरेक कुरामा सक्षम र उत्कृष्ट छन् भन्ने सन्देश गएकाले नेपालीको प्रतिष्ठानलाई माथि उठाउन सहयोग पु¥याउने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?