
मुगु । पाटनमा लेख लागेर सिकिस्त बिरामी परेका २ जना यार्सा संकलकको मुगु गाउँमा रहेको स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि उपचारका लागि शनिबार साझ ७ बजे मुगु जिल्ला सदरमुकामतर्फ ल्याइँदै गरेको छ ।
ठूलो कोइकीमा लेख लागेर साथिभाइ,इष्टमित्रहरुले वोकि शनिबार साँझ ६ बजे मुगु स्वास्थ्य चौकी पुर्याइएका छायानाथ रारा नगरपालिका वडा न १० तल्लेख गाउँका जीवन बुढा र देवराज वुढाको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उपचारका लागि स्टेचरमा दुबै जनालाई बोकेर रातारात मुगु जिल्ला अस्पताल पुर्याउने बन्दै मुगुबाट हिँडेको स्वास्थ्य चौकी मुगुकी सिनियर अनमी सोनाम लामाले जानकारी दिनु भयो ।
उहाँको अनुसार दुवै जनाको अवस्था चिन्ताजनक छ, यातायतको पहुच छैन मुगुबाट सडक पुगेको ठाउँ छाइल बजारसम्म पुग्न पैदल कम्तिमा ८–९ घण्टा लाग्छ ।
शनिवार मात्रै लेख लागेर विरामी परेका छायानाथ रारा नगरपालिका वडा न १२ का ३ जना युवाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले दिनु भएको जानकारी अनुसार मृत्यु हुनेमा सोभा गाउका वर्ष २९ का मान बहादुर बुढा,कम्फा गाउका वर्ष २१ का सोवान बुढा र राजबहादुर सावत रहेका थिए ।
मान बहादुरको मुगु स्वास्थ्य चौकिमा, सोवानको मुगु गाउँबाट सिरानचौर तिर लिँदै गर्दा गाउँ पारिपट्टि र राजबहादुरको पाटनबाट मुगु गाउँ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
सशस्त्र प्रहरी जवान तिलक बढुवाल र सिनियर अनमी सोनाम लामाले मुगु गाउबाट फोन मार्फत जानकारी दिइरहनु भएको छ ।
उच्च हिमाली पाटनहरुमा पाइने बहुमुल्य,वहुउपयोगी यार्सागुम्वा टिप्नका लागि पाटन पुगेका मध्ये आधा दर्जन संकलकहरुको लेख लागेर, पेट दुखेर,लडेर, हिउँ पहिरोमा परेर मृत्यु हुने गरेको छ ।
गत वर्ष यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका ३ जनाको हिउँ पहिरोमा परेर र १ जनाको खोला खसेर मृत्यु भएको थियो भने यो वर्षको शनिवार मृत्यु भएकासहित जोड्दा चार जनाको मृत्यु भइसकेको छ ।
पाटनमा सुरक्षा टोली र स्वास्थ्य टोलि निश्चित ठाउमा बस्ने तर संकलकहरु दिन टाढाका पाटनहरुमा पुग्ने भएकाले विरामी पर्दा उपचार सेवा लिन र दिन समस्या हुने गरेको छ ।
मुगुका २ दर्जन बढी पाटन क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ्ग गाउँपालिकाले गत १५ गते मात्र वन पाटन प्रवेश खुल्ला गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच