काठमाडौं । चलचित्र ‘दयारानी’को गीत ‘चोरी चोरी’ सार्वजनिक गरिएको छ । अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘दयारानी’को गीत सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड हुनुहुन्छ ।
मनोज थापामगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा संगीतकार थापामगर र सदीक्षा कट्टेलको स्वर सुन्न सकिन्छ । आगामी माघ २६ गतेदेखि देशभरका सिनेमा घरसहित विदेशमा पनि एकसाथ यो चलचित्र प्रदर्शनमा आउँदै छ । अभिनेता माओत्से गुरुङले यही चलचित्रबाट निर्देशनमा डेव्यु गर्नुभएको हो ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई शैलेन्द्रध्वज कार्कीले खिच्नुभएको हो । चलचित्रमा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, र्शीषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङलगायत कलाकारको अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुनुहुन्छ । चलचित्रको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच