![प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/pratinidhisabha-sachib.jpg)
सप्तरी । सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत दोस्रो दिन शनिवार सम्पन्न दुई खेलमा तिरुहट टाइगर्स र राजविराज राजदेवी एघार विजयी भएका छन् । शनिबार सम्पन्न पहिलो खेलमा राजविराज राजदेवी एघारले बलान बिहुल सुपर किंग्सलाई १ रनले पराजित गरको हो ।
राजविराज राजदेवीले दिएको ७३ रनको लक्ष्य पछ्याएको बलान बिहुलले १६.३ ओभरमा ७१ रनमा सबै विकेट गुमायो । बलान बिहुलको ब्याटिंगमा साहिल पटेलले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । राजविराज राजदेवीको बलिंगमा रिजन ढकाल र श्रवन यादवले समान तीन विकेट लिनुभयो । रिजनले ४ ओभरमा ३४ रन तथा प्लेयर अफ द म्याच श्रवनले ४ ओभरमा मात्र १२ रन खर्चिनुभयो । रञ्जित कुमारले २ तथा जितेन्द्र यादव र अजय यादवले १-१ विकेट लिनुभयो।
यसअघि टस जितेर ब्याटिंग गरको राजविराज राजदेवी एघारले १५.५ ओभरमा ७२ रनमा सबै विकेट गुमाएको थियो । ओपनर दिलिप नाथले ३२ तथा विजय यादवले २६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलान बिहुल सुपर किंग्सको बलिंगमा गोमानंद अमात्य र नितेश कुमार यादवले समान ३ विकेट लिनुभयो । ह्याप्पी कुमार यादवले २ तथा सन्तोष कार्की र कप्तान विवेक यादवले १-१ विकेट लिनुभयो ।
शनिबार सम्पन्न दोस्रो खेलमा सनराइज एघार तिलाठी कोइलाडीलाई ८ विकेटले पराजित गर्दै तिरुहट टाइगर्सले विजयी सुरुवात गर्यो ।
सनराइज एघार तिलाठी कोइलाडीले दिएको १०८ रनको लक्ष्य तिरुहुटले १२ ओभरमा भेटायो ।
तिरुहुटका ओपनर शंकर रानाले अविजित अर्धशतकीय योगदान दिनुभयो । रानाले ४० बलमा ७ चौका र २ छक्का प्रहार गर्नुभयो । बसिर अहमदले २८, निरज यादवले १४ तथा अमित यादवले ११ रन बनाउनुभयो ।
यसअघि टस जितेर ब्याटिङ गरेको सनराइज एघार तिलाठी कोइलाडीले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो ।
तिलाठी कोइलाडीको लागि रोबिन सिंहले सर्वाधिक २४, प्रकाश मण्डलले २२, साकेत सिंहले १५ तथा राजेश रजकले १४ रन बनाउनुभयो । तिरुहुट टाइगर्सको बलिङमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट तथा बसिर अहमदले २ विकेट लिनुभयो । प्लेयर अफ द म्याच घोषित दिपेशले ४ ओभरमा २० तथा बसिरले ४ ओभरमा २३ रन बनाउनुभयो । अनिल यादव र अभिषेक कार्कीले १-१ विकेट लिनुभयो ।
प्रतियोगिता अन्तर्गत तेस्रो दिन आज आइतबार पनि दुई खेल हुनेछन् । विहान ९ बजे हुने पहिलो खेलमा छिन्नमस्ता लायन्स र राजविराज राजदेवी एघार तथा दिउँसो १ः३० बजेको दोस्रो खेलमा बलान बिहुल सुपर किंग्स र कन्चनरुप राइनोज प्रतिस्पर्धा गर्नेछन् ।
जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन् । कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन् । राउण्ड रोबिन लिग अन्तर्गत सञ्चालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १-१ खेल खेलीसकेपछि समुहको शीर्ष चार टिमबीच प्लेअफमा प्रतिस्पर्धा हुनेछ ।
बिनोद भण्डारी, भीम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच