टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा अर्याल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । अर्याल कम्पनीको नायब प्रबन्ध निर्देशकका रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनुभएको थियो ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बिई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गर्नुभएको छ ।

उहाँले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभएको थियो भने २०५१ फागुन १० गते स्थायी नियुक्ति लिनुभएको थियो । २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?