काठमाडौं । मोरङको रतुवामाई नगरपालिका ९ मा रहेको एनआइसी एसिया लघुवित्त वितीय संस्था कार्यालय इटहराले इटहरा प्रहरी चौकीलाई दुई थान रेडिमेड फलैंचा वितरण गरेको छ । इटहरा प्रहरी चौकीमा एक कार्यक्रमबीच फलैंचा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । सोही कार्यक्रममा दिपक सप्लायर्सले एक थान बायोस्याण्ड फिल्टर चौकीलाई उपलब्ध गराएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआइसी एसिया लद्युवित्त इटहराका प्रमुख मुरारी लम्सालले यस प्रकारको सामाजिक कार्य आफ्नो संस्थाले पहिलोपटक गरेको नभई यसअघि पनि गर्दै आएको बताउनुभयो । कोरोना महामारीमा सदस्यलाई निःशुल्क मास्क र सेनिटाइजर वितरण र विपन्न परिवारलाई कम्बललगायत वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रहरी कार्यालय सिजुवाका प्रमुख दिपक खरेल, रतुवामाई ९ का वडाध्यक्ष इन्द्रबहादुर लिम्बू, वडा सदस्य तारा भण्डारी, इटहरा प्रहरी चौकी इन्चार्ज रामकुमार माझीलगायतको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच