‘राष्ट्रिय राप्ती म्युजिक अवार्ड’ : ५३ विधामा स्रष्टा सम्मानित

Read Time = 11 mins

काठमाडौं । राप्ती समाज, काठमाडौंले यही असोज ४ गते काठमाडौंमा ‘राष्ट्रिय राप्ती म्युजिक अवार्ड’ को आठौं संस्करण सम्पन्न गरेको छ।

गीत संगीतसँग सम्बन्धित विभिन्न ५३ विधामा अवार्ड प्रदान गरिएको सो कार्यक्रममा प्रमुख आतिथ्य माननीय शहरी विकास मन्त्री मेटमणि चौधरीले गर्नुभएको थियो भने अध्यक्षता समाजका अध्यक्ष सीमा पुरीले गर्नुभएको थियो।

समाजका महासचिव एकराज भण्डारीले पूर्वार्धमा औपचारिक रूपमा सञ्चालन गरेको कार्यक्रमको अवार्ड वितरणको भाग संस्थाका पूर्व अध्यक्ष शशी कुमार मजगैंयाले सञ्चालन गर्नुभएको थियो ।

बहुप्रतिभाशाली गायक शीव परियारदेखि पछिल्लो समयकी अत्यन्तै चर्चित गायिका एलिना चौहानले अवार्ड पाएको सो कार्यक्रममा गीत लेखन, संगीत निर्माण, संगीत संयोजन, गायन बाध्यबादन, ध्वनि समिश्रण, भिडियो निर्देशन, सम्पादन, छायाङ्कन, अभिनय लगायतका विविध विधाका सर्जक, कलाकार र प्राविधिकहरू पुरस्कृत भएका थिए।

बिच बिचमा गायन, नृत्य र लोकबाजाले मनोरञ्जन दिलाईरहेको कार्यक्रममा अग्रज कलाकार, सामाजिक व्यक्तित्व, बाल कलाकार, पत्रकार, सहयोगि संस्था र प्रायोजकलाई समेत सम्मान गरिएको थियो।

समाजका उपाध्यक्ष गोबिन्द मधुर आचार्यले संयोजन गरेको सो कार्यक्रममा मिडिया संयोजकमा प्रकाश बराइली (अभिव्यक्ति) र निर्णायक संयोजकमा बरिष्ठ गायिका एबं राष्ट्रिय सभाका सदस्य माननीय कोमल ओली रहनुभएको थियो ।

‘आठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड- २०७९’ मा अवार्ड जित्न सफल बिजेताहरूको नामावली यस प्रकार रहेको छ ।

१. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, नरहरि प्रेमी- मेरो देश
२. सर्वोत्कृष्ट चलचित्र गीत रचनाकार- राजेश कुमार श्रेष्ठ- हर युग होस
३. सर्वोत्कृष्ट चलचित्र संगीतकार, एलिस कार्की- हर युग होस
४. सर्वोत्कृष्ट चलचित्र गायिका- सुनिता कार्की- अटल बाचा
५. सर्वोत्कृष्ट चलचित्र गायक- प्रताप दास- हर युग होस
६. सर्वोत्कृष्ट लोकपप रचनाकार- डि.पि खनाल- सख्खर चिनी
७. सर्वोत्कृष्ट लोकपप संगीतकार, शंकर थापा स्माइल- सख्खर चिनी
८. सर्वोत्कृष्ट लोकपप गायिका, बेनिसा पौडेल- हाम्रो यो माया
९. सर्वोत्कृष्ट लोकपप गायक, सन्तोष सुनार- छ्मक छमक
१०. सर्वोत्कृष्ट मौलिक लोकगीत, बीना भट्टराई- चुलबुले कान्छी

सर्वोत्कृष्ट गजल
१.सर्वोत्कृष्ट गजल गायन- थानेश्वर गौतम- बेचेर सपना
२. सर्वोत्कृष्ट गजल रचनाकार, प्रबल बिष्ट- सराबले
३. सर्वोत्कृष्ट सन्देशमुलक गीत, प्रकाश सुवेदी- सिप सिकौँ
४. सर्वोत्कृष्ट डायस्पोरा- दीपेन्द्र खड्का
५. सर्वोत्कृष्ट युगल गायन- नरेश बुढाथोकी र टीका प्रसाईं- केही हुन्न भेट हुँदैमा
६. सर्वोत्कृष्ट जुरी लगायत अन्य विधा

७.  पब्लिक च्वाईस अवार्ड बेस्ट सिंगर, प्रमोद खरेल - भाग्यमा खोट छ
८. पब्लिक च्वाईस अवार्ड बेष्ट आधुनिक मोडेल, बिक्रम बुढाथोकी- नाई नाई नभन
९. लोकपप संगीतकार, यादवनाथ योगी- गालै कोठीमा

१०.आधुनिक सङ्गीतकार, ऋषी खड्का- पथ्थरको मुटु

भोटिङ अवार्ड

उत्साह घिमिरे- जस्लाई मैले

इन्करेजमेण्ट अवार्ड मेल
लभ कुमार भट्ट- प्याउलि फूल

इनकरजमेन्ट अवार्ड फिमेल
कविता न्यौपाने – नन्दनी

१. सर्वोत्कृष्ट छायाङ्कन आधुनिक र लोकपप, प्रकाश खड्का( भाग्यमा खोट छ २ तिम्लाई नोटले बदल्यो
२. सर्वोत्कृष्ट भिडियो सम्पादन (आधुनिक र लोकपप), मिलन विश्वकर्मा – नोगेन
३. सर्वोत्कृष्ट नवमोडेल महिला (आधुनिक र लोकपप), सरस्वती खत्री – रेलको बाटो
४ . सर्वोत्कृष्ट नवमोडेल पुरुष (आधुनिक र लोकपप), विजय पुन – पत्थरको मुटु
५ . सर्वोत्कृष्ट सुगम संगीत मोडेल महिला (आधुनिक र लोकपप) स्मारिका ढकाल – धोकेबाज
६ . सर्वोत्कृष्ट सुगम संगीत मोडेल पुरुष (आधुनिक र लोकपप)
७.  शिशिर भण्डारी– फोटो फिरिममा
८.  सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक आधुनिक लोकपप, लक्ष्मण सुनार- रेलको बाटो
९. सर्वोत्कृष्ट संगित संयोजक (आधुनिक र लोकपप), एचबिएन किस्मत– सारङकोटको डाँडैमा
१०. सर्वोत्कृष्ट ध्वनि मिश्रण (आधुनिक र लोकपप) जीवन बडु९यो भाग्यमा खोट छ- एलिना

सर्वोत्कृष्ट नवरचनाकार, सुगम संगीत
१. खोम गुरुङ- आगोले जल्दैन दील
२. नवराज कलौनी- घुम्तिमा रेल
३. तारा शिरीष मगर - बैँसको हुरीले
४. भुपेन्द्र थापा- मेरी आमा

सर्वोत्कृष्ट सुगम संगीत, रचनाकार
१. खड्क बिवस बिसी- छुट्यो भाग्य
२. सुनिल बिसी- उस्लाई पाउन

सर्वोत्कृष्ट सुगम संगीत गायिका
एलिना चौहान- भाग्यमा खोट छ

सर्वोत्कृष्ट सुगम संगीत गायक
शिव परियार- धोकेबाज

सर्वोत्कृष्ट एल्बम (आधुनिक तथा लोकपप)
पदम राई- सख्खर चिनी

सर्वोत्कृष्ट जुरी लगायत अन्य विधा
१. सर्वोत्कृष्ट मल्टी ट्यालेन्ट, खेम सेन्चुरी- मन परेको मान्छे
२. लोकदोहोरी गायिका, शान्ती श्री परियार- घर कता हो
३.  लोकदोहोरी गायक, बैकुण्ठ महत – टिम्मुर
४. लोकपप रचनाकार सरदराज मैनाली – तिमीलाई नै माया
५.  एप्रपसियसन अवार्ड, प्रज्ञा अधिकारी – तिमीलाई नै सम्झिरहन्छु
६. सर्वोत्कृष्ट नवप्रतिभा राप्ती, मदन थापा – मायाको भोको
७. सर्वोत्कृष्ट छायांकन (लोक दोहोरी), अजय रेग्मी – जोवन
८. सर्वोत्कृष्ट भिडियो सम्पादन (लोक दोहोरी), प्रकाश धमला– याद

९. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो (नव) मोडल महिला, गीता ढुंगाना – चौका दाउ
१०. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो (नव) मोडल पुरुष, सरोज प्रजा – बाँसको कप्टेरो
११. सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो मोडल महिला, समारिका ढकाल – बन्दुक भरुवा
१२. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो, मोडल पुरुष, ओवि रायमाझी – रमरम मरौटी
१३ सर्वोत्कृष्ट संगीत संयोजक (लोक दोहोरी), विशाल निरौला– (प्रकाश) प्रकाश सुवेदी
१४ सर्वोत्कृष्ट ध्वनी मिश्रण (लोक दोहोरी)– खड्ग बाजुराली – सुर्ती माड्दा माड्दै
१५ सर्वोत्कृष्ट नवदोहोरी शब्द, रमेश शर्मा – जिन्दगी नै धरापमा पार्दिन्छु
१६ सर्वोत्कृष्ट नवदोहोरी भाका, प्रेम कुमार बस्नेत – बटौलीमा
१७ सर्वोत्कृष्ट नवगायिका लोक दोहोरी, बिमता जिएम – जाम साँहिली
१८ सर्वोत्कृष्ट नवगायक लोक दोहोरी, बसन्त विश्वकर्मा – रेलिमै
१९. सर्वोत्कृष्ट लोक दोहोरी शब्द, शिव अखेली – ढुंगेधारा
२०. सर्वोत्कृष्ट लोकदोहोरी भाका, श्री कृष्ण बम मल्ल – डाडाँ घरे साँहिली
२१. सर्वोत्कृष्ट लोक दोहोरी गायिका, लक्ष्मी मल्ल – डाडाँघरे साँहिली
२२. सर्वोत्कृष्ट लोक दोहोरी गायक, सूर्य खड्का – ढुंगेधारा
२३. सर्वोत्कृष्ट एल्बम लोकदोहोरि, शम्भु कुँवर – धोबी बगर

२४. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक, मौसम हिमाली – घर कता हो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?