काठमाडौं । चलचित्र कंगारुमा केदार घिमिर ‘माग्ने बुढा’पछि अब अर्पण थापा पनि जोडिनुभएको छ । अभिनेता थापा र निर्माताबीच मंगलबार सहमति भएको हो ।
सम्राट बस्नेतको निर्देशन, राजीव गुरुङ अर्थात् दीपक मनाङ्गेको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । यसअघि बस्नेतले एक्सन जनराको ‘लाखे’ निर्देशन गर्नुभएको थियो ।
फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रूपमा हुनुहुन्छ ।
चलचित्रको सह-निर्मातामा रोनिशबहादुर बस्नेत रहनुभएको छ । टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्युसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहनुभएको छ । चलचित्रमा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहनेछ । चलचित्र निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । चलचित्रको प्रोडक्सन डिजाइनर दिलीप पन्त हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच