सेयर बजार फेरि ओरालो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मौद्रिक नीति घोषणा भएको दिन आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार भने उच्च अंकले नै घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने घोषणा गरेपछि आइतबार सेयर बजार ६३ अंकले बढेर चार अर्ब ३७ करोडभन्दा बढीको कारोबार भएको थियो । तर, सोमबार नेप्से २६.६६ अंकले घटेर चार अर्ब ७३ करोड ७६ लाखको कारोबार भएको हो ।

राष्ट्र बैंकले सेयर कर्जाको जोखिमभार पुनरावलोकन गर्ने बताए पनि गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरिएको र अन्यमा यथावत् रहेको बताउनुभएपछि सेयर बजार ओरालो लागेको बताइएको छ ।

सोमबार कारोबार भएका ५० कम्पनीको सेयरमूल्य बढेको छ भने एक सय ६३ कम्पनीकोे सेयरमूल्य घटेको छ । छ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । १३ समूहमध्ये दुई समूहको परिसूचक बढेको छ भने ११ समूहको घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशत बढेको छ । म्युचुअल फण्ड समूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशत घटेको छ भने बैंकिङ र व्यापार समूहको दुई प्रतिशतभन्दा बढी घटेको छ ।

किसान लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने नेपाल पुनर्बिमा कम्पनीको सेयरमूल्य करिब छ प्रतिशत बढेको छ । एनआइबिएल ग्रोथ फण्ड र लिबर्टी इनर्जीको सेयरमूल्य छ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको नेपाल पुनर्बिमा कम्पनीको २५ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ भने ग्लोबल आइएमई बैंकको करिब २० करोडको सेयर कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?