लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत प्राप्त भएको छ । पार्टी गेट काण्डका कारण समस्यामा पर्नु भएका प्रधानमन्त्री आफ्नै पार्टीको संसदीय दलमा अविश्वासको प्रस्तावको सामना गर्नु भएको हो । विश्वासको मत पाएपछि उहाँको पद जोगिएको छ ।
कन्जरभेटिभ पार्टीको संसदीय दलमा भएको विश्वासको मतदानमा कन्जरभेटिभका कुल ३५९ सांसदमध्ये जोनसनको पक्षमा २११ मत परेको थियो भने उहाँको विपक्षमा १४८ मत परेको थियो ।
यो जितपछि जोनसन अब कम्तीमा एक वर्ष प्रधानमन्त्री पदमा रहनुहुनेछ । पार्टी र सरकारमा बढ्दो विरोधका कारण जोनसनको पद जाने आशंकाबीच २११ सांसदले उहाँमाथि विश्वास देखाएको एजेन्सीले जनाएको छ । एजेन्सी ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध