बोलिभियाकी पूर्वराष्ट्रपति अनेजलाई १० वर्षको जेल सजाय

Read Time = 2 mins

लापाज । बोलिभियाकी पूर्वराष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ । उहाँलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो ।

अहिले ५४ वर्ष हुनुभएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो । उहाँले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आउनुभएको छ आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उहाँको भनाइ छ ।

दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठीक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बन्नुभएको थियो । त्यसअघि उहाँ बोलिभियाको सिनेटको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएको थियो । अनेज राजनीतिमा आउनुभन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत हुनुहुन्थ्यो ।

बोलिभिया मध्य दक्षिण अमेरिकि भूपरिवेष्ठित मुलुक हो । यो देश दक्षिण अमेरिकाको सबैभन्दा गरिब राष्ट्र पनि हो । यसको पूर्व र उत्तरमा ब्राजिल, दक्षिणमा पाराग्वे र अर्जेन्टिना, दक्षिण पश्चिममा चिले र पश्चिममा पेरु रहेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?