
काठमाडौं । केरा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । पाकेको केरा त हामी सबैले सेवन गरेका छौँ । आउनुहोस्, यहाँ चर्चा गरौँ काँचो केराको । काँचो केरा पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुने विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । काँचो केरामा धेरै पौष्टिक गुणहरू पाइन्छ जसले धेरै समस्याहरू हटाउन मद्दत गर्छ । काँचो केराको सेवनले रक्तचाप नियन्त्रण गर्न निकै फाइदाजनक हुने बताइन्छ । काँचो केरामा प्रशस्तमात्रामा फाइबर पाइन्छ, जुन पेटका लागि पनि फाइदाजनक हुन्छ ।
मधुमेहका बिरामीका लागि काँचो केरा अति उत्तम मानिन्छ । काँचो केरामा भएको टर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ । धेरैजसो मधुमेहका बिरामीलाई अति गुलिया फलफूल खानबाट वञ्चित गरिन्छ । काँचो केरा पोटासियमको भण्डार हो । काँचो केरामा भिटामिन ‘बी ६’ तथा भिटामिन ‘सी’ पाइन्छ, जसले कोशिकाहरूलाई पोषण प्रदान गर्छ । काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ ।
मुटुलाई स्वस्थ राख्न काँचो केराको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । काँचो केरामा पोटासियमको मात्रा निकै राम्रो हुन्छ । जसले रक्तचापको स्तर नियन्त्रण गर्न मद्दत गर्छ । साथै, यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले तपाईं आफ्नो आहारमा काँचो केरा समावेश गर्न सक्नुहुन्छ ।
यस्तै, पाचन प्रक्रियामा सुधार गर्नका लागि काँचो केरा खानु धेरै लाभदायक मानिन्छ । काँचो केरामा प्रशस्तमात्रामा फाइबर हुन्छ । जसले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ । यसले कब्जियत र पेटसँग सम्बन्धित धेरै समस्याहरू हटाउन पनि मद्दत गर्छ ।
काँचो केराको सेवन तौल घटाउन पनि निकै फाइदाजनक भएको मानिन्छ । काँचो केरामा प्रशस्तमात्रामा फाइबर हुन्छ । जसले गर्दा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ र भोक पनि कम लाग्छ । जसले तौल घटाउन मद्दत गर्छ । यसले हड्डी बलियो बनाउन पनि मद्दत पु¥याउँछ । काँचो केरामा पाइने क्याल्सियमले हड्डी बलियो बनाउन मद्दत गर्छ । साथै क्यान्सर हुनबाट जोगाउँछ । काँचो केरामा कैयौँ यस्तो तत्व पाउँछ जसले शरीरमा क्यान्सरको आक्रमण हुनबाट बचाउँछ । यसैले यसको प्रयोग नियमित गरेमा उपयुक्त हुन्छ ।
काँचो केरालाई तरकारीका रूपमा प्रयोग गर्न सकिन्छ ।
काँचो केराको उपयोग कमै हुने गर्छ किनभने यो पाकेको केराजतिको मिठो हुँदैन । तर, काँचो केरा स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसले स्वास्थ्यमा देखा पर्ने विभिन्न समस्याहरूबाट छुट्कारा दिलाउँछ । मधुमेहका बिरामीका लागि काँचो केरा अति उत्तम मानिन्छ ।
काँचो केरामा भएको टर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ । धेरैजसो मधुमेहका बिरामीलाई अति गुलिया फलफूल खानबाट वञ्चित गरिन्छ । काँचो केरा पोटासियमको भण्डार हो । काँचो केरामा भिटामिन ‘बी ६’ तथा भिटामिन ‘सी’ पाइन्छ, जसले कोशिकाहरूलाई पोषण प्रदान गर्छ । काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच