नासिरलाई थप तीन स्वर्ण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नासिर याहृया हुसेनले १०औँ एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा थप तीन स्वर्ण जित्नुभएको छ । योसँगै उहाँ यस प्रतियोगितामा पाँच स्वर्ण हात पार्न सफल हुनुभएको हो । नेपाल पौडी संघले आयोजना गरेको पौडी प्रतियोगितामा नासिरले २०० मिटर फ्रिस्टायल, १०० मिटर ब्रेस्ट स्ट्रोक र १०० मिटर बटरफ्लाइमा स्वर्ण जित्नुभएको हो ।

सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगितामा नासिरले २०० मिटर फ्रिस्टायलमा २ मिनेट ३.८० सेकेन्डका साथ स्वर्ण जित्नुभएको हो । दोस्रो हुनुभएका इरभिन श्रेष्ठले २ मिनेट ८.९४ सेकेन्डमा पूरा गर्नुभयो । यस्तै तेस्रो स्थानमा रहनुभएका तेन्जिन नामडोल रायन गुरुङले २ मिनेट ९.०३ सेकेन्डमा पूरा गर्नुभयो ।

यस्तै १०० मिटर ब्रेस्ट स्ट्रोकमा नासिरले १ मिनेट १२.४५ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्नुभयो । दोस्रो स्थानमा १ मिनेट १२.६८ सेकेन्डमा दूरी पूरा गर्दै विकास कुमाल रहनुभयो । तेस्रो स्थानमा रहनुभएका दिपंकर अवालेले १ मिनेट १४.६० सेकेन्डमा दूरी पूरा गर्नुभयो । १०० मिटर बटरफ्लाइमा नासिरले ५९.६० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्नुभयो । यस विधामा अनुभव सुब्बाले १ मिनेट ००.२५ सेकेन्डमा दूरी पूरा गर्दै रजत र अल्भिन महर्जनले १ मिनेट ५.२९ सेकेन्डका साथ कास्यपदक प्राप्त गर्नुभयो ।

महिलातर्फ दुवाना लामाले दुई स्वर्ण र एक रजत प्राप्त गर्नुभयो । दुवानाले २०० मिटर फ्रिस्टायलमा २ मिनेट १८.०५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्नुभयो । निभा मास्केले २ मिनेट १९.१५ सेकेन्डमा दूरी पूरा गर्दै रजत र अनुशिया तण्डुकारले २ मिनेट २४.७० सेकेन्ड समयका साथ कास्य पदक हात पार्नुभयो । यस्तै उहाँले १०० मिटर ब्रेस्ट स्ट्रोकमा १ मिनेट १८.७७ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पाउनुभयो । यस विधामा उपास्ती महर्जनले रजत प्राप्त गर्नुभयो । उहाँले उक्त दूरी १ मिनेट २३.६३ सेकेन्डमा पूरा गर्नुभयो । तेस्रो स्थानमा रहनुभएका रोयल प्रजापतीले १ मिनेट २६.६७ सेकेन्डमा दूरी पूरा गर्नुभयो ।

दुवानाले १०० मिटर बटरफ्लाइमा निभा मास्केसँग पराजित हुँदै रजतमा चित्त बुझाउनुभयो । निभाले १ मिनेट ९.५१ सेकेन्डमा साथ स्वर्ण, दुवानाले १ मिनेट १२.३८ सेकेन्डका साथ रजत र सियरा सुभांगी बजागाईले १ मिनेट २४.१५ सेकेन्डका साथ कास्य पाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?