
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार बिहान आयोजक अमेरिका र क्यानडा भिड्दै छन् ।
टी२० विश्वकपको नवौँ संस्करणको पहिलो खेल आइतबार बिहान सुरु भएकाे हाे । अमेरिकाको डालासमा हुँदैछ । पहिलो खेलमा टस जितेर अमेरिकाले क्यानडालाई ब्याटिङको निम्तो दिएको छ ।
आइतबार नै दोस्रो खेलमा अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएसजीले प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय अनुसार दोस्रो खेल साँझ ८ः१५ बजे सुरु हुनेछ । आजदेखि विश्वकपका खेल सुरु भए पनि नेपालले मंगलबार मात्र पहिलो खेल खेल्नेछ ।
नेपालले जेठ २२ गते मंगलबार नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलङ्का, तेस्रो खेल असार १ गते दक्षिण अफ्रिका र चौथो खेल असार ३ गते बङ्गलादेशसँग खेल्दैछ।
२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच