काठमाडौं । काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार सम्बन्धि मुद्दा हेर्दाहेर्दैमा परेको छ ।
अन्तिम फैसलाका लागि आइतबार सुरु भएको बसह नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। भोलि र पर्सि सार्वजनिक बिदा भएकाले अबको सुनुवाइ बुधबार हुनेछ ।
न्यायाधीश शिशिरराज ढकालले अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा आज सरकारी वकिलका तर्फबाट सुविर परियार र सिताराम अर्यालले बहस गर्नुभएको थियो ।
काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आएपनि अदालतले निर्णय सुनाउन सकेको छैन।
लामिछानेविरुद्धको मुद्दामा यसअघि गत २४ गते पेसी थियो। उक्त दिन लामिछानेका वकिलकै तर्फबाट मुद्दा स्थगित भएको थियो। यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ।
मंसिर २४ गते, आइतबार पेसी तोकिएको दिन लामिछानेका तर्फबाट बहस गर्ने वरिष्ठ कानून व्यवसायी अदालतमा उपस्थित हुन नसकेकाले सुनुवाइ स्थगन गर्न माग गरिएको थियो। त्यसपछि इजलासले मुद्दा स्थगन गरिएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच