सानिमा र स्वीस कन्ट्याक्टबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्वीस कन्ट्याक्ट, एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेस २ बीच सहकार्य पत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रूपमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले सहकार्य पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार कोशी प्रदेशअन्तर्गतका कृषि उद्यमीको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने सहकार्यको उद्देश्य हुनेछ । सहकार्यअनुसार कृषि कर्जाको प्रक्रिया प्रविधिकरण गर्ने, कृषि कर्जासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यावसायिक साक्षरता कार्यक्रम आयोजना गर्ने तथा कृषि उद्यमीको आवश्यकता प्रभावकारी रूपमा पूरा गर्न बैंकका कर्मचारीलाई प्रशिक्षण दिनेलगायतका कार्यहरू गरिने बैंकले जनाएको छ ।

सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले यस सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?