खेलाडी प्रशिक्षक विवादः १४ खेलाडी अभ्यासमा बोलाइँदा बी र सी डिभिजनका एक/एक खेलाडी

Read Time = 5 mins

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेका ११ खेलाडीको स्थानमा १४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले ‘प्लेइङ सेट’ का ११ खेलाडीले टिम छोडेपछि यसअघि टिम बाहिर रहेका ६ खेलाडीसहित १४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

दुई खेलाडी भने ‘बी’ डिभिजन लिग र ‘सी’ डिभिजन लिगबाट झिकाएका छन् । दुबै खेलाडी पहिलोपटक बन्द प्रशिक्षणमा बोलाइएका हुन् ।

स्रोतका अनुसार दुई खेलाडी ‘बी’ र ‘सी’ डिभिजनबाट बोलाइँदा यस्तै पाँच खेलाडीले दोस्रोपटक बन्द प्रशिक्षणमा मौका पाएका छन् । एन्फाले भने आधिकारिक रुपमा खेलाडी नाम सार्वजनिक गरेको छैन ।

शिव गुरुङ, रुपबहादुर लामा, निरकुमार राई, अभिषेक बराल, विकास तामाङ र रोशन राना मगर यसअघि नै बन्द प्रशिक्षणमा पर्दै आएका छन् ।

शिव न्युरोड टिम एनआरटीबाट खेल्छन् भने रुपले जावलाखेलको प्रतिनिधित्व गरेका थिए । यस्तै निर नेपाल पुलिस क्लबका हुन् भने अभिषेक सातदोबाटो युथका गोलरक्षक हुन् । रक्षक विकास त्रिभुवन आर्मी फुटबल क्लबका हुन् भने रोशनले ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० को प्रतिनिधित्व गरेका थिए ।

यता, नयाँ खेलाडीमा भने सी डिभिजन लिगबाट पुल्चोक स्पोर्टस् क्लबका मनिष मगर मनिषकुमार जर्घा रहेका छन् । यस्तै बी डिभिजनबाट प्रकाश रानाभाट परेका छन् ।

यता, आर्मीका जर्ज प्रिन्स कार्की र विकास, सातदोबाटोका आकाश बुढा मगर र सुशील राई, थ्री स्टारका सन्जोक राई, मनाङ मर्स्याङ्दीका गोलरक्षक विशाल सुनार र एपीएफ फुटबल क्लबका राजन गुरुङ टिममा फर्किएका छन् ।

यसअघि खेलाडीको मागलाई सिनियर खेलाडीको रुपमा प्रशिक्षक अब्दुल्लाहलाई आवाज सुनाउन पुगेका रक्षक रोहित चन्दलाई क्याम्पबाट निकालिएको थियो । आफ्नो आवाज सिनियरको आधारमा उठाएका चन्दलाई टिमबाट निकालिएपछि अन्य १० खेलाडीले समेत त्यसको भागिदार आफूहरु रहेको जनाउँदै होटल छाडेका हुन् ।

होटल छाड्नेमा रोहित चन्द, विमल घर्ति मगर, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ र दिनेश राजवंशी रहेका छन् । टिम छाडेका खेलाडीलाई एन्फाअन्तर्गत रहेको खेलाडी संघले समेत समर्थन गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथुको समेत उपस्थित रहेको थियो ।

अध्यक्ष लामाले खेलाडीको गुनासो एन्फामा पुर्‍याएको र कुनै धारणा नआएको बताएका छन् । यस्तै माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका कप्तान किरण कुमार लिम्बूले सामाजिक संञ्जालमा एक पोष्ट गर्दै खेलाडीलाई समर्थन गरेका छन् ।

नेपालले ११ र १५ जेठमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ भने एएफसी एसियन कप(२०२३ को छनोट खेलहरू जेठ अन्तिम साता खेल्दै छ । जहाँ नेपालले बलिया प्रतिद्वन्द्वी जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ ।

यता, प्रशिक्षक अब्दुल्लाह खेलाडीको यो निर्णयसँगै नयाँ खेलाडीलाई अवसर दिने सोचमा देखिएका छन् । सोहीअनुसार उनले १४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?